आज पनि बढ्यो रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

 

काठमाडौं, असोज १६-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर ३१ रुपैंयाँ ९५ पैसा र विक्रि दर ३२ रुपैंयाँ १२ पैसा छ । युएई दिरहमको खरिददर ३१ रुपैंयाँ ६८ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ ८४ पैसा छ ।

साउदी रियालको खरिददर ३१ रुपैंया ३ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ १९ पैसा छ । अमेरिकी डलरको मूल्यमा आएको बृद्धिसँगै बहुसंख्यक नेपाली रोजगारीका लागि जाने मुलुकहरुको मुद्राको मूल्यमा केहि समययता बृद्धि देखिएको छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ ११ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २५ पैसा छ । रिंगिटको मूल्यमा आएको बृद्धिले मलेसियामा ठूलो संख्यामा कार्यरत नेपालीलाई फाइदा भएको छ ।  

यसैगरी कुवेती दिनारको खरिददर ३८३ रुपैंया ६० पैसा छ भनें विक्रि दर ३८५ रुपैंयाँ ५७ पैसा छ । बहराइन दिनारको खरिददर ३०८ रुपैंयाँ ६६  पैसा छ भनें विक्रि दर ३१० रुपैंयाँ २५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस् रोकिनै पर्दछ भिजिट भिसाको नाममा हुने मानव तस्करी   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: