यहि आर्थिक बर्षभित्र थप १ लाख नेपालीले नेपालमै रोजगारी पाउँछन् : मन्त्री विष्ट

काठमाडौं, असोज १४-

श्रम मन्त्री गोकर्ण विष्टले यहि आर्थिक बर्ष भित्रमा कम्तीमा थप १ लाख नेपालीले नेपालमै रोजगारी पाउने अवस्था सिर्जना हुने बताएका छन् । यसका लागि आन्तरिक रुपमा गृहकार्य भइरहेको भन्दै उनले केवल एउटा नीतिगत निर्णयले नै त्यो भन्दा धेरै युवाका लागि रोजगारी सिर्जना हुने बताए ।

सम्वन्धित मन्त्रालयसँग छलफल गर्न बाँकी रहेका कारण त्यो नीतिगत निर्णय के आवश्यक छ भनेर अहिले नै म खुलाउन सक्दिन मन्त्री विष्टले भने तर यो सम्भव छ र यहि आर्थिक बर्ष भित्रै त्यो काम हुनेछ । यसका लागि आवश्यक तयारी गरेर छिट्टै घोषणा हुने मन्त्री विष्टको भनाई थियो ।

नेपालमा रोजगारी बृद्धि गर्न विकास बजेटको कम्तीमा २० प्रतिशत रोजगारी सिर्जना हुने काममा खर्च गर्नैपर्ने प्रस्ताव गर्दै मन्त्री विष्टले यसलाई आफूले मन्त्रीपरिषद बैठकमा लैजाने समेत बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका बारेमा विभिन्न राजनीतिक दल आवद्ध युवा संगठनको नेतृत्वसँगको छलफलमा क्रममा मन्त्री विष्टले सो कार्यक्रम दलिय दायराभन्दा माथि रहने बताए । उनले कुनै पार्टी, विचारको आधारमा कुनै पनि युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न हुन नछेकिने प्रतिवद्धता जनाउँदै सो कार्यक्रम सवै नेपाली युवाको साझा र गौरवको कार्यक्रम हुने बताए ।

गरिवी र बेरोजगारी नेपालको सवैभन्दा ठूलो चुनौति भएको भन्दै मन्त्री विष्टले नेपालमा श्रमप्रतिको धारणामा फेरवदल आवश्यक रहेको धारणा राखे । उनले नेपालमा सजिलो काम गर्न पनि गाह्रो मान्ने तर विदेशमा गएर अप्ठ्यारो काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्न श्रमप्रति सम्मान हुने वातावरण निर्माण गर्न सुझाव दिए ।

यसअघि मन्त्रालयका उपसचिव डा. लोकनाथ भुषालले प्रधानमन्त्री रोजगारका कार्यक्रमको अवधारणा, हालसम्मको प्रगति र योजनाका बारेमा प्रष्ट पारेका थिए । सो कार्यक्रम कार्यान्वयनमा स्थानीय तह नै मुख्य रहने भन्दै उपसचिव भुषालले नीजि क्षेत्रसँगको सहकार्यमा नै सो कार्यक्रम अगाडी बढाइने प्रष्ट पारे । रोजगारी सिर्जनामा नीजि क्षेत्रको ठूलो भूमिका हुने भन्दै उनले स्वरोजगार र श्रम गर्न प्रेरित गर्नु पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको मुख्य उद्धेश्य रहेको बताए ।

छलफलमा विभिन्न युवा संघ, संगठनका प्रतिनिधिहरुले तराई, पहाड र हिमाल केन्द्रीत छुट्टा छुट्टै कार्यक्रम बनाउन, कृषि र ठूला उद्योगमा लगानी गर्न, व्यवसायी सीप विकास र सीप सिकेकाहरुलाई प्रोत्साहित गर्न, रेमिट्यान्स कोष बनाएर सोही कोष मार्फत लगानी गर्न र युवालाई विकास निर्माणका काममा परिचालित गर्न सुझाव दिए ।

यो पनि पढ्नुहोस् आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय