मलेसियामा नेपालीलार्ई ठगेको भन्दै कारवाहीका लागि २१ संस्थाद्धारा दूतावासमा ज्ञापनपत्र 

क्वालालम्पुर, असोज ११-

नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका निलम्वीत अध्यक्ष फुपु तेम्वा (पिटी)शेपालाई कारवाहिको माग गर्दैै मलेसियामा रहेका २१ वटा संघ संस्थाका प्रतिनिधिले मलेसियास्थीत नेपाली दूतावासमा ज्ञापन पत्र वुझाएका छन् यसरी ज्ञापन पत्र वुझाउने संस्थाहरुमा गैर आवसीय नेपाली संघ देखी नेपाली काँग्रेस नेकपाका प्रवास कमीटी समेत छन्

मलेसियामा गैरकानुनी हैसियतमा काम गरेर वसेका श्रमीकलाई नेपाल फर्काउने भन्दै उनले मोटो रकम असुलेको अभियोग लागेको रकम असुले पनि पिडित नेपाली श्रमिकलाई नेपाल नपठाइ शेर्पाले वन्दी वनाएर राखेको भन्दैपिडीतहरुले यसअघि नै दूतावासमा निवेदन हालेका  थिए शेर्पाले २६ जना नेपालीलाई मलेसियामा अलपत्र पारेको यसअघि सूची तयार  भएको यसले उनलाई विवादमा पारेको

आफुहरु शेर्पाकै कारण विचल्मी परेको नेपाल फर्काइदिन माग गर्दै पीडितहरु नेपाली दुतावास मलेसिया पुगेपछि घटना तातेको दुतावासले यसअघि एकपटक दुवै पक्षबीच छलफल गराएपनि आफूहरुको पक्षमा काम नगरेको भन्दै पीडितले गुनासो गरेका छन्  

मलेसिया सरकारले गत अगष्ट महिना भित्रमा अवैधानिक हैसियतमा बस्दै आएका आप्रवासीलाई मलेसिया छोेडन अल्टीमेटम दिए पछि ति श्रमिकहरु नेपाल फर्किन शेर्पाको सम्पर्कमा पुगेका थिए शेर्पाले मोटो रकम असुलेपनि आफूहरुलाई नेपाल नपठाएको आलटाल गरेको पीडितको निवेदनमा उल्लेख मलेसियाका विभिन्न राज्यमा अवैधानिक रुपमा बसेर  काम गरेर नेपाल फर्किन चाहेका पुर्ण वहादुर महतरा, गणेश विक, जीवन थापा, जीत वहादुर कुमाल, पुर्ण वहादुर डाँगी, तिलक वहादुर स्याँगता, प्रमोद चौधारी, जीवन रिजाल, वेल नारायण श्रेष्ठ लगायतले शेर्पाले आफूहरुको पैसा आएको आरोप लगाएका हुन् उनीहरुले शेर्पाका कारण आफूहरु वन्दी वन्नु परेको जीवन रक्षाको माग सहित नेपाल फर्काउन दुतावासमा निवेदन हालेका हुन्

श्रमिकलाई ठगेको आरोप लागेका शेर्पाले भनें आफूलार्ई फसाइएको बताए । देशपरदेशसँगको कुराकानीमा उनले सोमवार दूतावासमा उपस्थीत भएर सवै समस्याको समाधान गर्ने बताए । आफूले समाजसेवा गरेको देख्न नचाहनेहरुले यो गरेको उनको भनाई छ । 

यो पनि पढ्नुहोस जसलाई ईराकमा दलालले पटकपटक बेचे

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय