
काठमाडौं, असोज ९-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर ३१ रुपैंयाँ ८४ पैसा र विक्रि दर ३२ रुपैंयाँ छ । युएई दिरहमको खरिददर ३१ रुपैंयाँ ५६ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ ७२ पैसा छ । साउदी रियालको खरिददर ३० रुपैंया ९१ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ ७ पैसा छ । अमेरिकी डलरको मूल्यमा आएको बृद्धिसँगै बहुसंख्यक नेपाली रोजगारीका लागि जाने मुलुकहरुको मुद्राको मूल्यमा केहि समययता बृद्धि देखिएको छ ।
यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ ७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २२ पैसा छ । रिंगिटको मूल्यमा आएको बृद्धिले मलेसियामा ठूलो संख्यामा कार्यरत नेपालीलाई फाइदा भएको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३८३ रुपैंया छ भनें विक्रि दर ३८४ रुपैंयाँ ९९ पैसा छ । बहराइन दिनारको खरिददर ३०७ रुपैंयाँ ४७ पैसा छ भनें विक्रि दर ३०९ रुपैंयाँ ६ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् प्रवासको बासः भाषण गर्नेलाई नाम र पदकै आश