परदेशमा माइती बनेर चेलीलाई दर खुवायो पाल्पाली समाजले

राजा बगर, दुबई, असोज ७-

पाल्पाली समाज युएईले तिज कार्यक्रम भव्यताका साथ मनाएको छ । दुबईमा आयोजित कार्यक्रममा झण्डै ५ सय नेपाली सहभागि थिए । तिज सकिएपनि बिदेशमा अझै पनि नेपालीले समय मिलाएर तीज मनाइरहेका छन् ।

पाल्पाली समाज युएईले सदाको बर्ष झै यस बर्ष पनि नेपाली महिलाहरुलाई समाज माईति बनेर निःशुल्क दर मात्र खुवाएन कि, तिजकै अवसरमा पाल्पाली ढाकाको हाते व्याग पनि सम्झना स्वरुप मायाको चिनोका रुपमा  प्रदान गरियो ।

 

नेपाली समाजका अध्यक्ष चन्द्र सापकोट प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा युएईका बिभिन्न संघसंस्थाका प्रतिनिधि लगायत कलाकार, पत्रकारहरु सहभागि थिए ।

समाजकी वरिष्ठ उपाध्यक्ष ओम कुमारी खाँणको संयोजकत्वमा भएको उक्त तिज कार्यक्रममा साँगितिक कार्यक्रममा अमित बिश्वकर्माले साथ दिएका थिए।

पाल्पाली समाजको कार्यक्रममा सहभागि सम्पुर्ण कलाकारहरुलाई पाल्पाली समाजले पारिश्रमिक पनि दिएको थियो। विगतका बर्षहरुमा कलाकारहरुलाई पारिश्रमिक दिने चलन थिएन। केहि अन्य संघसंस्थाहरुले युएईमा कार्यरत नेपाली कलाकारहरुलाई आजभोलि पारिश्रमिक दिन थालेका छन।

कलाकारहरु सुदिप गैरे, नेरन सापकोटा, हरि डुम्रे, दिपक गुरुड, लक्ष्मि न्यौपाने, शीव सापकोटा, एल पि स्याड्जाली बाबुराम परियार कृष्ण सुनवार धुर्ब बिसि, सानिका श्रेठ्ठ ,डम्बर नेपाली आदिले सो अवसरमा मनोरञ्जन गराएका थिए ।

समाजले कलाकारलाई पारिश्रमिक साथै सम्मानपत्रले सम्मान गरेको थियो।कार्यक्रममा सीता बस्याल, मैयाँ बस्याल, लक्ष्मी परियार, मञ्जु अर्यालले नेपाली मौलिक गित गाएर सहभागिहरुलाई स्वागत गरेका थिए।

यो पनि पढ्नुहोस् प्रवासको बासः भाषण गर्नेलाई नाम र पदकै आश

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: