मान्छे मार्ने रक्सी बेचेको अभियोगमा ३ नेपाली सहित १० जना पक्राउ

क्वालालम्पुर, असोज ७-

मलेसियामा नेपाली सहित २९ जनाको ज्यान जाने गरी भएको विषाक्त मदिरा काण्डमा संलग्न रहेको आशंकामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ३ जना नेपाली, ३ जना मलेसियन, ३ जना भारतीय र एकजना म्यानमारका नागरिक रहेको प्रहरीले जनाएको छ ।

स्थानीय पत्रिकाका अनुुसार सेलेङ्गार प्रहरी प्रमुख मजलान मन्सुरले सो क्रममा १३ ठाउँमा छापा मारिएको थियो भनें झण्डै ३ हजार बोतल मदिराको नमुना संकलन गरिएको छ । पक्राउ परेकाहरु १९ बर्षदेखि ४८ बर्षसम्मका भएको जनाइएको छ ।

विषाक्त मदिराका कारण हालसम्म २९ जनाको ज्यान गइसकेको छ भनें अझै पनि २० जना भन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ । १४ जना भनें उपचार पछि फर्किएका छन् । हालसम्म घटना ग्राण्ड रोयल, मण्डाले र जोकर ह्वीस्की तथा किंगफिसर र भोल्कानो वियरका कारण सो घटना भएको अनुमान छ । ति मदिराको हाल गुणस्तर जाँच्ने काम भइरहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस् मलेसियामा एकै कम्पनीबाट ४७ जना नेपाली पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: