मलेसियामा एकै कम्पनीबाट ४७ जना नेपाली पक्राउ

क्वालालम्पुर, असोज ७-

मलेसियामा अवैधानिक रुपमा बसेर काम गर्दै गरेका ४७ जना नेपाली पक्राउ परेका छन् । अवैधानिक रुपमा कार्यरत आप्रवासी कामदारको खोजि र पक्राउ गर्ने प्रहरी अभियान अन्तर्गत साईवरजयाको एक कम्पनीमा छापा मार्दा ति नेपाली सहित ३ सय ३८ जना पक्राउ परेको यहाँको अध्यागमन कार्यालयले जनाएको छ ।

अध्यागमन कार्यालयका महानिर्देशक दातुक सेरी मुस्तफार अलीका अनुसार पक्राउ पर्नेमा सवैभन्दा धेरै ईण्डोनेशियाली छन् भनें त्यसपछि बंगलादेशी र नेपाली हुन् । अलीले पक्राउ परेकाहरुमा १ सय ७२ जना ईण्डोनेशियाली नागरिक रहेको र ५५ जना बंगलादेशी रहेको बताए । यसैगरी ४७ जना नेपाली र २५ जना म्यानमारका नागरिक छन् । बाँकी अन्य देशका नागरिक हुन् ।

सो कम्पनीमा कार्यरत २ हजार २ यि ३० जनाको छानविन गर्दा ३ सय ३८ जना गैरकानुनी रुपमा मलेसियामा बसिरहेको पाइएको जनाइएको छ । यसैगरी कतिपय भनें एउटा कम्पनीमा काम गर्नेगरी भिषा प्राप्त गरेका तर अर्कै कम्पनीमा कार्यरत रहेको पाइएको अध्यागमन कार्यालयको भनाई छ । यसले रोजगारदाताहरुले मलेसियाको अध्यागमन सम्वन्धि कानुन मिचेको हुँदा रोजगारदाताहरुलाई कारवाही हुने अध्यागमन कार्यालय प्रष्ट पारेको छ । मलेसियाका कानुन अनुसार जुन कम्पनीमा काम गर्नेगरी भिषा निकालिएको हुन्छ, आप्रवासी कामदारलाई सोही कम्पनीमा मात्र काममा लगाउन पाइन्छ ।

पक्राउ परेकाहरु मध्ये धेरैजसो भनें भिषाको म्याद समाप्त भएर पनि मलेसियामा नै लुकीछिपि कार्यरत रहेको देखिएको जनाइएको छ । उनीहरुलाई वुकित जलिलको थुनुवा केन्द्रमा राखिएको छ । सो कम्पनीमा अवैधानिक रुपमा बसिरहेका व्यक्ति ठूलो संख्यामा कार्यरत रहेको सुचनाका आधारमा छापा मारिएको र सफलता प्राप्त भएको महानिर्देशक अलिले बताएका छन् ।

यो पनि पढ्नुहोस् आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: