
काठमाडौं, असोज ६-
आजभोलि शहर क्षेत्रमा एक कप चियाको मूल्य हो ३० रुपैयाँ । तर, १३ बर्षअघि उनले त्यही ३० रुपैयाँ लगानी गरेर आफ्नो जीवन बदलेका छन्, परिवार पालेका छन् र अहिले लगानी १३ लाखमा पु¥याएका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरका ४८ वर्षिय ऋषिराम चौधरीको जीवन पूरै फेरिएको छ । २०६२ सालमा ३० रुपैयाँको लगानीबाट खेती सुरु गरेका चौधरीले १३ वर्ष सम्म निरन्तण च्याउखेती गर्दै आइरहेका छन् । १३ वर्ष अघि ३० रुपैयाँमा सुरु गरेको च्याउखेती अहिले १३ लाखको लगानीमा पुगेको छ । वर्षेनी च्याउखेती झाँगिदै जाँदा चौधरी परिवारको मुख्य आयस्रोतको बाटो नै च्याउखेती बनेको छ ।
बिहानै उठ्ने च्याउ टिप्ने, बजारमा लग्ने र बेच्ने मात्रै होइन दिउसो टनेलमा बस्ने च्याउ हेरचाह गर्ने र सामान्य घरायासी कामकाज पनि गर्छन् । एसएलसी उत्तिर्ण गरेका चौधरीको परिवारखर्च धान्ने मुख्य पेशाव्यावसाय नै च्याउखेती हो । रोजगारका सम्भावना कुनै कतै केही नपाए पछि चौधरी आफ्नो ३५ वर्षको उमेरमा ३० रुपैयाँको लगानीमा ६ पोका बिउवाट च्याउखेती थालनी गरेको बताए । उनले भने– ‘दाङमा कतै–कतै, कसै– कसैले गरेका थिए । जति बेला च्याउले बजार पाउन निकै मुस्किल थियो ।’
पछिल्लो समय व्यावसायिक रुपमा च्याउखेती फष्टाउदै जाँदा धमाधाम च्याउ खेती र फर्म खुल्दै जादाँ च्याउले पनि बजार पाउन थालेको उनले भनाई छ । जसले गर्दा च्याउखेतीले थप आकर्षित बनाएको उनले बताए । काम गर्न पनि सजिलो, बजार र मुल्य राम्रै पाउदै जाँदा च्याउखेतीलाई थप व्यवस्थित बनाउदै जिवनयापनको व्यावासयमा रुपमा आफूले अँगालेको बताए ।
घरको नुनतेल देखी छोरा छोरीको पढाई खर्चसम्म सवै खर्च च्याउखेतीले न धानेकाले फुर्सदको समयमा श्रीमती, छोरा बुहारी र छोरीहरुले पनि सक्दो सहयोग गर्दै आइरहेको उनको भनाई छ । उनले भने – ‘३० रुप्पेबाट सुरु गरेको च्याउखेती परिवारकै सहयोगले नै अहिले १२/१३ लाखसम्म पुगेको छ ।’ च्याउखेती गर्दै जाँदा अहिले विभिन्न कृषि समुह तथा फर्महरु च्याउखेतीका वारे प्रशिक्षण समेत दिने गरेको बताए । च्याउखेतीले वर्षेनी ४/५ लाख आम्दानी दिने गरेको उनको अनुभव छ ।
फष्टाउदो च्याउखेतीसँगै बिचौलियाको समस्या पनि बढ्दै गएको उनले बताए । बिचौलियाको समस्याको कारण किसानले पनि उचित मुल्य नपाउने र उपभोक्ताले पनि सस्तोमा च्याउ उपभोग गर्न नपाउने समस्यो प्रवल रहेको च्याउ कृषक चौधरीले बताए । नेपाल समाचारपत्रबाट