साउदीमा नेपालीको पेशागत र भौतिक सुरक्षा गर्न सभामुखको आग्रह

काठमाडौं, असोज ५-

सभामुख कृष्णबहादुर महराले साउदी अरवमा कार्यरत नेपालीको पेशागत र भौतिक सुुरक्षा नेपालको चासोको विषय भएका बताएका छन् । साउदी अरेवियाको ८८ औं राष्ट्रिय दिवस काठमाडौंका मनाउने विषयमा निम्ता दिन पुगेका नेपालका लागि साउदी अरवका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनसँग सभामुख महराले रोजगारीका लागि पुगेका लाखौं नेपाली साउदी अरवमा कार्यरत रहेको भन्दै उनीहरुको सुरक्षामा साउदी सरकारले विशेष ध्यान दिनेमा विश्वास व्यक्त गरे ।

सो अवसरमा साउदी अरबका कार्यवाहक राजदूत अल्सुलाइमनले वैदेशिक रोजगारीका लागि आफ्नो देशमा पुगेका नागरिकहरुको सुरक्षामा साउदी अरब सरकारले विशेष ध्यान दिने बताएको सभामुखको सचिवालयले जनाएको छ । राजदूत अल्सुलाइमनले साउदी अरब र नेपालको सम्बन्ध मजबुत रहेकोमा खुसी पनि व्यक्त गरे ।

भेटमा सभामुख महराले साउदी अरबको ८८ औं राष्ट्रिय दिवसको शुभकामना दिंदै आगामी दिनमा नेपाल र साउदी अरबबीच अझ प्रगाढ सम्बन्ध विस्तार हुनेमा विश्वास व्यक्त गरे ।

यो पनि पढ्नुहोस् थप १४ जना विशाक्त मदिराका विरामी अस्पताल भर्ना, दुई ब्राण्डका ह्वीस्की र वियर शंकास्पद

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय