क्वालालम्पुर, असोज ५-
विशाक्त मदिराका कारण थप १४ जनामा स्वास्थ्य समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ति घटनाहरु पेराक, सेलेङगार तथा क्वालालम्पुरमा देखिएको हो ।
पेराकमा ५ वटा नयाँ विरामी अस्पताल आएका छन् । यसैगरी सेलेङ्गारमा ७ जना अस्पताल आइपुगेका छन् भनें दुई जना क्वालालम्पुरमा भेटिएको मन्त्रालयले जनाएको छ ।
हालसम्म मेन्थल हालिएको विशाक्त मदिराका कारण स्वास्थ्य समस्या भएका ६९ जना अस्पतालमा भर्ना भएको र त्यसमध्ये २१ जनाको मृत्यु भएको छ । त्यसमध्ये सवैभन्दा धेरै सेलेङ्गारमा ५५ जना विरामी परेका हुन् भनें क्वालालम्पुरमा ९ जना र पेराकमा ५ जना विरामी परेका हुन् । मृत्यु भएका २१ मध्ये १६ जनाको सेलेङ्गारमा मृत्यु भएको हो भनें तीन जना क्वालालम्पुर तथा दुई जना पेराकमा बस्दथे ।
मृत्यु भएका मध्ये सवैभन्दा धेरै म्यानमारका नागरिक(८ जना) रहेका छन् । यसैगरी मलेसियन(६ जना) छन् भनें नेपालीको संख्या ५ मात्र रहेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाली दूतावासले भनें यसअघि नै ६ जना नेपालीको मृत्यु भएको भन्दै नाम ठेगाना सार्वजनिक गरेको छ । मृत्यु हुनेमा एक जना बंगलादेशी तथा एकजना कुन देशका हुन् भन्ने पहिचान हुन नसकेको जनाइएको छ ।
ग्राण्ड रोयल ह्वीस्की, मण्डाले ह्वीस्की तथा किंगफिसर र भोल्क्यानो वियर सेवन गरेका व्यक्तिहरु यसरी विरामी परेका थिए र २१ जनाको मृत्यु भएको हो ।
यो पनि पढ्नुहोस् २८ पुग्यो रिंगिटको मूल्य, ३२ नजिकै रियाल
