
यो तस्वीरः विशाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका एक नेपालीकी श्रीमतिको हो । उनी हाल मलेसियामा नै छन्
काठमाडौं, असोज ३-
मलेसियामा ६ जना नेपाली सहित १९ जनाको ज्यान जानेगरी भएको विषाक्त मदिरा सम्वन्धि पछिल्लो घटनामा सो मदिरा विक्रि गरेको आशंकामा प्रहरीले ७ जनालाई पक्रेको छ । एउटै घटनामा विषाक्त मदिरा सेवनका कारण धेरै नेपालीले ज्यान जानेगरी भएको सो घटना पश्चात प्रहरीले सेलेङ्गरका १२ स्थानमा छापा मारेको थियो । सो क्रममा केहि ठाउँमा प्रहरीले अवैधानिक रुपमा मदिरा बेच्ने गरिएको सुचना पाएको र सोही आधारमा ति व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ ।
मलेसियाका सञ्चार माध्यमहरुले प्रहरीले छापा मार्ने क्रममा १ हजार ३० बोतल ह्वीस्की तथा १ हजार ७ सय ६७ क्यान वियर समेत बरामद गरेको छ । तिनिहरुरुको नमुना परिक्षणका लागि पठाइएको र त्यसको रीपोर्ट नआएसम्म यकिनसाथ केहि भन्न नसकिने प्रहरी प्रमुखले बताएको समाचारमा जनाइएको छ । पक्राउ परेकाहरु कुन देशका नागरिक हुन् भन्ने खुलाइएको छैन ।
यो पनि पढ्नुहोस् विषाक्त मदिराले मृत्यु भएकाहरुको पहिचान खुल्यो