मलेसियामा विषाक्त  मदिराले मृत्यु भएकाहरुको पहिचान खुल्यो(मृतक र उपचाररतको नामावली)

काठमाडौं, असोज ३-

मलेसियामा विषाक्त मदिराका कारण मृत्यु भएका नेपालीको पहिचान खुलेको छ । मलेसियास्थीत नेपाली दूतावासका अनुसार मत्यु हुने ६ जना र उपचाररत १६ जनाको नाम तथा ठेगाना खुलेको हो । मृतक मध्ये एकजनाको  उपचाररत ४ जनाको ठेगाना भनें पहिचान हुन सकेको छैन ।

दूतावासका अनुसार मृतकहरुमा मिम बहादुर घले (धादिङ), राम कुमार यादव(रुपन्देही), विशाल बुढाथोकी(डडेलधुरा), सञ्जय उराव(सुनसरी), बल बहादुर कुलुङ(ईलाम), आइत सिंह गोले(ठेगाना पहिचान हुन बाँकी) छन् ।

यसैगरी अस्पतालमा उपचाररतहरुमा लुंगनाथ मगर(संखुवासभा), जीत बहादुर माझी(सिन्धुली), प्रविन थारु(बर्दिया), दुर्गा बहादुर राई(सुनसरी), भागिमान डाँगी(रोल्पा), राधेश्याम बैठा(बारा), रामचन्द्र लोध(रुपन्देही) तथा लोक बहादुर बराम(गोरखा) रहेका छन् ।

यसैगरी रिखामान स्याङतान(सर्लाही), सुरु मगर(ठेगाना खुल्न बाँकी), दुर्गा सिंह राना(नवलपरासी), सेत बीर तुम्वापो(पाँचथर), जम्विर लाल झाँगड(मोरङ) तथा ठेगाना खुल्न बाँकी रहेका सुकवल घिसिङ, राजेश कुमार, विमल कार्की, रहेका छन् ।       

विषाक्त मदिरा सेवनका कारण मलेसियामा सोमवार साँझ देखि बुधवारसम्ममा १९ जनाको मत्यु भइसकेको छ भनें ५१ जना अस्पतालमा उपचाररत छन् ।

यो पनि पढ्नुहोस् प्रत्यक्षदर्शी भन्छन्ः हेर्दा हेर्दै चिच्याउँदै बेहोस् भए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: