विषाक्त रक्सीका कारण मृत्यु हुनेको संख्या १९ पुग्यो, प्रत्यक्षदर्शी भन्छन्ः हेर्दा हेर्दै चिच्याउँदै बेहोस् भए

काठमाडौं, असोज ३-

मलेसियामा विषाक्त मदिराका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । यसैगरी १४ जनाको अवस्था गम्भीर छ । उनीहरुले मेन्थोल हालिएको विषाक्त मदिरा सेवन गरेको चिकित्सकले जनाएका छन् ।

मृत्यु भएका मध्ये ६ जना नेपाली रहेको मलेसियास्थीत नेपाली दूतावासले जानकारी दिएको छ । यसैगरी १७ जनाको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

मलेसियाका सञ्चारमाध्यमहरुका अनुसार ९ जना थप व्यक्तिलाई अस्पतालमा स्वास्थ्य निगरानीमा राखिएको छ । विषाक्त मदिराका कारण ५१ जना विरामी परेका थिए जसमध्ये ४५ जना सेलेङ्गारमा तथा ६ जना क्वालालम्पुरमा विरामी परेको जनाइएको छ ।

यसरी विषाक्त मदिराका कारण स्वास्थ्य समस्या देखिएकाहरुमा नेपाल, म्यानमार, बंगलादेश र भारतका नागरिकका साथै केहि स्थानीय मलेसियन नागरिक रहेका थिए ।

विषाक्त मदिरा सेवन गर्न पुगेका तिनिहरुलाई अचानक पेट दुख्ने, वान्ता हुने, टाउको दुख्ने र आँखाको ज्योती गुम्दै जाने समस्या भएको थियो । क्रमशः श्वास फेर्न समस्या भएपछि चिच्याउने, शरिर काम्ने र अन्तमा बेहोस हुने समस्या देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

सो विषाक्त मदिरा कहाँबाट विक्रि वितरण भएको थियो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । दोषिलाई कडा कारवाही हुने त्यहाँको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ । मलेसियाको कानून अनुसार खाद्य पदार्थमा यसरी मिसावट गर्नेलाई १ लाख रिंगिट(झण्डै नेरु २८ लाख) जरिवाना तथा १० बर्षसम्म कैद सजाय हुनसक्छ ।

यसैगरी मलेसियाको स्वास्थ्य मन्त्रालयले मेन्थोल हालिएको कुनै पनि पेय पदार्थ नपिउन आव्हान गरेको छ । यसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने उसले जनाएको छ । मेन्थल हालिएको पेय पदार्थले श्वासप्रश्वासमा समस्या, झाडापखाला, टाउको दुख्ने, दृष्टि क्षमता कमजोर हुने, शरिर काम्ने र मृत्युसम्म हुने मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् यी ३ मादक पदार्थ जसले मलेसियामा लियो १५ जनाको ज्यान

              मलेसियामा विषाक्त रक्सी खाएर ४ नेपालीसहित ७ जनाको मृत्यु 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय