पुनः श्रम स्वीकृति अव विदेशस्थीत दूतावासबाट नै

काठमाडौं, असोज २-

बैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपालीले अव पुनः श्रम स्वीकृति विदेशस्थीत नेपाली कुटनीतिक नियोगबाट नै लिन पाउने भएका छन् ।तर यसका लागि केहि समय भनें पर्खिनु पर्नेछ । मन्त्रीपरिषदको गत शुक्रवारको बैठकबाट पारीत केहि नेपाल ऐन संशोधन विधेयकमा सो विषय समेटिएको छ ।

मन्त्रीपरिषदले पारीत गरेको विधेयकमा बढीमा दुई पटकका लागि पुनः श्रम स्वीकृति विदेशस्थीत कुटनीतिक नियोगबाट नै लिन पाउने व्यवस्था गरिएको छ । मन्त्रीपरिषदले पारीत गरेको विधेयकमा अव संसदमा छलफल हुनेछ । सो विधेयक पारीत भएपछि त्यसले कानूनको रुप लिन्छ र त्यसपछि सो व्यवस्था लागु हुनेछ । 

यो पनि पढ्नुहोस् मलेसियामा विषाक्त रक्सी खाएर ४ नेपालीसहित ७ जनाको मृत्यु 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय