
क्वालालम्पुर, असोज २-
मलेसियामा विषाक्त रक्सी खाएर ४ नेपाली सहित ७ जनाको ज्यान गएको छ । सेलांगर पुलिस प्रमुखले पीडितहरू मध्ये चार जना नेपाली, एक मलेसियन नागरिक, एक भारतीय र एक जना बंगलादेशी नागरिकको ज्यान गएको बताएका छन् ।
१३ नेपाली, दुई बंगलादेशी र एक जना मलेसियन नागरिकसहित १६ जना गम्भीर बिरामी परेका छन् । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
यस्तै घटनाको अनुसन्धान भैरहेको प्रहरीलाई उदृत गर्दै द स्टार अनलाइनले जनाएको छ । घटनाको वास्तविकता पत्ता लगाउन मृतकको पोष्टमार्टमको रिपोर्ट पर्खिरहेको प्रहरीले जनाएको छ ।
सरुवा बुल्हो अस्पताल, क्वालालम्पुर अस्पताल, ब्यान्टिंग अस्पताल, क्लङ्ग अस्पताल र अम्पांग अस्पतालमा बिरामीको उपचार भैरहेको छ ।
यो पनि पढ्नुहोस् अवैधानिक कामदार पक्राउ गर्न प्रहरीको छापा, कागजात बोकेर मात्र हिंड्न आग्रह