अवैधानिक कामदार पक्राउ गर्न प्रहरीको छापा, कागजात बोकेर मात्र हिंड्न आग्रह

क्वालालम्पुर, असोज २-

मलेसियाको शाह आलम क्षेत्रमा अहिले प्रहरीले छापा हानिरहेको छ । अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारको खोजि तथा पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले छापा हानेको हो ।

सो क्षेत्रमा अहिले प्रहरीले गाडीहरु तथा पसलहरुमा समेत पसेर त्यहाँ रहेका आप्रवासी कामदारहरुको परिचयपत्र लगायतको कागजात जाँच गरिरहेको छ । 

जिफन्ट मलेसियाका संयोजक बेदकुमार खतिवडाका अनुसार सो क्षेत्रमा प्रहरीले विहानदेखि चेकजाँच गरिरहेको छ । उनले सो क्षेत्रभएर आवतजावत गर्ने नेपाली श्रमिकलाई साथमा पासपोर्टको प्रतिलिपि, वर्क परमिट वा परिचयपत्र बोकेर मात्र हिंड्डुल गर्न आग्रह गरेका छन् ।

यसअघि गत शुक्रवार पोर्ट केलाङमा पनि प्रहरीले छापा मारेको थियो । त्यहाँ नेपाली सहित विभिन्न मुलुकका कामदार गरेर ५ सय जनालाई पक्राउ गरिएको थियो ।

यो पनि पढ्नुहोस् विदेशबाट आउने पैसा छोराछोरीलाई अंग्रेजी पढाउन खर्च

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय