
रामधन राई, खोटाङ-
वैदेशिक रोजगारीवाट खोटाङ भित्रिने अधिकांश रेमिट्यान्स वालवालिकाको पठनपाठनमा खर्च हुने गरेको पाईएको छ । वैदेशिक रोजगारीको लागि खाडी तथा मलेसिया लगायतका देशहरुमा गएका कामदारहरुवाट आएका रेमिट्यान्स दिक्तेलवजार लगायतका शहरहरुमा वालवालिका पढाउन खर्च गरिएको पाईएको हो ।
जिल्ला भित्रिने रेमिट्यान्स बढी मात्रामा शहरवजारका वोर्डिङ स्कुलहरुमा वालवालिका भर्ना गराई अंग्रेजी माध्यममा पठनपाठन गराउँदा खर्च हुने गरेको अध्ययनले देखाउँछ । साविकको सदरमुकाम दिक्तेलवजार अर्थात दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालन गरिएका ५ वटा अंग्रेजी माध्यमका निजी विद्यालयहरुमा २७ प्रतिशत वालवालिका वैदेशिक रोजगारीमा गएकाको छोराछोरी पाईएको छ । जसमध्ये सदरमुकाम वाहिरवाट आएर भाडामा वसेका अभिभावकका वालवालिका वोर्डिङ स्कुलमा अध्ययन गरिरहेको तथ्याङ्क रहेको छ ।
सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरिरहेको संस्था सुरक्षित आप्रवासन परियोजना (सामी), वालसेवा समाज नेपाल, नेर्पा र नवकिरण सेवा समाज दुर्छिमले हालै संकलन गरेको निजी निजी विद्यालय स्तरीय तथ्याङ्क अनुरुप अंग्रेजी भाषामा पठनपाठन गराउनकै लागि उल्लेख्य अभिभावक दिक्तेलबजार वस्ने गरेको पाईएको हो । परियोजना अन्तर्गत वालसेवा समाजका विद्यालय तथा आमसञ्चार कार्यक्रम संयोजक ओजोनवावु आचार्यका अनुसार दिक्तेलवजारमा सञ्चालित माउण्ट एभरेष्ट ईङलिस बोर्डिङ स्कुल, दिक्तेल ईङ्लिस बोर्डिङ स्कुल, हिलसाईड वोर्डिङ स्कुल (स्याम्पल एकेडेमी) आदर्श शिक्षा सदन, र समता स्कुलमा अध्ययन गरिएको थियो ।
पाँच विद्यालयको कूल दुई हजार ७ सय १९ विद्यार्थीमध्ये ७ सय ३८ विद्याथी विद्यार्थी वैदेशिक रोजगारीमा गएकाको छोराछोरी रहेका छन् । जसमध्ये केही वाहेक प्राय सवै दिक्तेलवजार वाहिरको रहेको पाईएको कार्यक्रम संयोजक आचार्यले बताए ।
गाउँगाउँमा वोर्डिङ स्कुल सञ्चालन भईरहेको अवस्थामा समेत १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानवाट वैदेशिक रोजगारीमा जानेको ५ सय ४३ वालवच्चा बोर्डिङ स्कुलमा अध्ययनरत छन् । अभिभावक स्वयम समेत दिक्तेलवजारमा भाडामा वसेर पठनपाठन गराउने वैदेशिक रोजगारीमा जानेको कूल वालवालिकामध्ये केपीलासगढी गाउँपालिकावाट ४३, हलेसी तुवाचुङ नगरपालिकावाट ३४, साकेला गाउँपालिकावाट ३७ जना, रावावेंसी गाउँपालिकावाट ७ जना वालवालिका रहेका छन् । यस्तै, वैदेशिक रोजगारीमा वुवा अर्थात आमा भएका दिपु्रङ चुईचुम्मा गाउँपालिकाका २५, ऐंसेलुखर्क गाउँपालिकाका ५ र खोटेहाङ गाउँपालिकावाट २ जना वच्चाहरु दिक्तेलवजारको वोर्डिङ स्कुलहरुमा अध्ययनरत छन् ।
वैदेशिक रोजगारीमा जाने परिवारका दिक्तेलवजारमा अध्ययन गर्ने विद्यार्थीमध्ये सवै भन्दा वढी जनजाति ४ सय १९ जना रहेका छन् । यस्तै, व्राम्हण, क्षेत्री, सन्यासी २ सय ७५ र दलित ४४ जना रहेका छन् । दिक्तेलवजारका वोर्डिङहरुमा अध्ययन गर्ने वैदेशिक रोजगारीमा गएकाको छोराछोरीमध्ये छात्रा ३ सय १७ र छात्र ४ सय २१ जना रहेका छन् ।
दिक्तेलवजारमा कोठा भाडामा लिएर वच्चालाई पढाउन एक वच्चा – एक अभिभावक वरावर वार्षिक सरदर एक लाख ६२ हजार रुपैंयाँ खर्च हुने देखिन्छ । दिक्तेलवजारका वोर्डिङ स्कुलहरुमा भर्ना शुल्क सरदर ३ हजार रुपैंया हुन आउँछ ।
यस्तै, सरदरमा भर्ना १ हजार र तीन जोर ड्रेसलाई मासिक ५ सयको हिसाव राख्न सकिन्छ । बच्चालाई टिफिन लगायत अन्यमा मासिक १ हजार खर्च हुने गरेको अभिभावक स्वयम वताउँछन् । वजार तथा आसपासका कोठा भाडा सरदर २ हजार रुपैंयाँ रहेको छ । खाना तथा खाजाको लागि मासिक ६ हजार मात्र छुट्याउँदा पनि वार्षिक २ लाखको हाराहारीमा खर्च हुने गरेको अभिभावक वताउँछन् ।
जिल्लामा मासिक करोडौं रुपैंयाँ रेमिट्यान्स भित्रिने गर्दछ । रेमिट्यान्स मध्ये सवैभन्दा वढी जग्गा खरिद तथा घर निर्माणमा खर्च हुने पाईएको छ । त्यसपछि क्रमशः घर खर्च, शिक्षा तथा स्वास्थ्य र ऋण तिर्नमा खर्च हुने गरेको तथ्याङ्क रहेको छ । नेपाल समाचारपत्रबाट
यो पनि पढ्नुहोस् एक बर्षमा १ लाख मजदुर सहभागि गराउने उद्धेश्यसहित अभियान सुरु