आज यस्तो छ रियाल, दिरम, रिंगिट र दिनारको मूल्य

काठमाडौं, असोज १-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर ३१ रुपैंयाँ ४९ पैसा र विक्रि दर ३१ रुपैंयाँ ६६ पैसा छ । युएई दिरहमको खरिददर ३१ रुपैंयाँ २२ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ ३८ पैसा छ । साउदी रियालको खरिददर ३० रुपैंया ५७ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ७३ पैसा छ । अमेरिकी डलरको मूल्यमा आएको बृद्धिसँगै बहुसंख्यक नेपाली रोजगारीका लागि जाने मुलुकहरुको मुद्राको मूल्यमा केहि समययता बृद्धि देखिएको छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ७१ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८५ पैसा छ । २८ रुपैंया पुगेको रिंगिट केहि घटेको हो ।

यसैगरी कुवेती दिनारको खरिददर ३७८ रुपैंया ६० पैसा छ भनें विक्रि दर ३८० रुपैंयाँ ५८ पैसा छ । बहराइन दिनारको खरिददर ३०४ रुपैंयाँ १०  पैसा छ भनें विक्रि दर ३०५ रुपैंयाँ ६९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस् मेनपावर कम्पनीको धरौटी बृद्धि प्रकरणः हात्ति आयो, हात्ति आयो फुस्सा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय