मलेसियाली मन्त्रीको प्रतिवद्धताः १५ सय रिंगिट तलव हुन्छ

क्वाललम्पुर,  भदौ २९-

मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले वर्तमान सरकारले आफ्नो कार्यकालको अन्तिमसम्ममा मलेसियामा श्रमिकको न्यूनतम तलव १५ सय रिंगिट बनाउने चुनावी प्रतिवद्धता जनाएको भन्दै सरकारको निर्णयको बचाउ गरेका छन्

मन्त्री कुलासेगरनले पक्तान हर्पन (महाथीरको चुनावी गठवन्धन) ले गत चुनावमा श्रमिकको न्यूनतम तलव १५ सय रिंगिट बनाउने भनेको यहि बर्ष बनाउने नभनिएको बताएका हुन् वकिल समेत रहेका कुलासेगरनले चुनावी घोषणापत्रमा पहिलो बर्ष नै न्यूनतम तलव १५ सय बनाउने कतै नभनिएको समेत दावी गरे

यसपटक गरिएको न्यूनतम तलव बृद्धि तलव बृद्धिको यात्राको अन्तिम पटक नभएको भन्दै यो जारी रहने सिलसिला भएको बताए उनले सरकारले चुनावी प्रतिवद्धता सम्झना राखेको भन्दै सरकारी निर्णयको बचाउ गरेका हुन् यसअघि चुनावमा पक्तान गठवन्धलाई सहयोग गरेको मलेसियाको ट्रेड युनियन एमटीयूसीले प्रति महिना ५० रिंगिट तलव बढाएर सरकारले प्रतिवद्धता तोडेको  धोका दिएको भन्दै रोष प्रकट गरिसकेको यहि सन्दर्भमा कुलासेगरनको भनाई सार्वजनिक भएको हो

उनले न्यूनतम तलव बृद्धिको विषयले आफूलाई धेरैरात सुत्न नदिएको भन्दै मलेसियाको कमजोर आर्थिक अवस्थाका कारण अपेक्षा अनुसार सुरुमै तलव बृद्धि गर्न नसकिएको तर आफ्नो चुनावी प्रतिवद्धतामा पक्तान हर्पन प्रतिवद्ध रहेको बताएका हुन् हजार सय ५० देखि हजार दुईसयसम्म न्यूनतम तलव हुने अपेक्षाका बीच मलेसियाले गतहप्ता केवल ५० रिंगिट मात्र न्यूनतम तलव बृद्धि गरेको थियो यसअघि हजार तलव पाउँदै आएका मलेसियामा कार्यरत श्रमिकको तलव आगामी जनवरीदेखि हजार ५० रिंगिट हुनेछ सवाह सार्वाक राज्यमा भनें सय २० रिंगिट तलव

यो पनि पढ्नुहोस् मलेसियाको भिषा नियम फेरियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय