
काठमाडौं, भदौ २८-
मलेसियाको भिषा नियम परिवर्तन भएको छ । यसअघि आप्रवासी कामदार १० बर्षसम्म मात्र मलेसियामा बसेर काम गर्न पाउने व्यवस्था रहेकोमा त्यसमा ३ बर्षसम्म थप्न सक्ने निर्णय भएको हो । थप तीन बर्ष हरेक बर्ष नविकरण हुने व्यवस्था गरिएको छ ।
मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले दक्ष आप्रवासी कामदारको सीप र ज्ञानलाई सदुपयोग गर्न यस्तो व्यवस्था गरिएको मलेसियाको अनलाईन द स्टारले जनाएको छ ।
गत अगष्ट २१ को मन्त्री परिषद बैठकले नै सो निर्णय गरिसकेको कुलासेगरनले बताएका छन् । तर यसरी म्याद थप्न आउटसोर्सिङ कम्पनीमा कार्यरतहरुले भनें पाउने छैनन । विभिन्न कम्पनीहरुमा सिधै काम गर्ने, कृषि तथा निर्माण क्षेत्रमा कार्यरतहरुले थप ३ बर्ष पाउने भएका हुन् ।
यो पनि पढ्नुहोस् मृत्युदण्ड तोकिएका १६ जना नेपाली मलेसियाको जेलमा, साउदीमा ५ जना र कुवेतमा ३ जना नेपालीलाई पनि मृत्युदण्डको सजाय