मृत्युदण्ड तोकिएका १६ जना नेपाली मलेसियाको जेलमा, साउदीमा ५ जना र कुवेतमा ३ जना नेपालीलाई पनि मृत्युदण्डको सजाय

काठमाडौं, भदौ २८-

विभिन्न अभियोगमा पक्राउ परेर ५ सय ३२ नेपालीले खाडी र मलेसियाका जेलमा बन्दी जीवन विताइरहेका छन् । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार सवैभन्दा धेरै नेपाली मलेसियाको जेलमा रहेका छन् ।

बोर्डका अनुसार मलेसियामा हाल २ सय ४ जना नेपाली जेलमा छन् । त्यसमध्ये ३ जना महिला र २ सय १ पुरुष छन् । उनीहरु मध्ये १६ जनालाई मृत्युदण्डको सजाय तोकिएको छ । यो खाडी र मलेसियामा कार्यरत नेपाली मध्ये सवैभन्दा ठूलो संख्या हो । खाडीका मुलुक र मलेसियामा गरी २५ जना नेपाली मृत्युदण्डको सजाय तोकिएर हाल जेलमा छन् ।

मलेसिया पछि धेरै नेपाली युएईमा जेलमा छन् । सो मुलुकमा १२ महिला र १ सय ७३ पुरुष गरी १ सय ८५ जना जेलामा रहेको देखिएको छ । यसमध्ये एकजनालाई मृत्युदण्डको फैसला भएको छ । ४ जना आजीवन कारावासको सजाय काटिरहेका छन् भनें ४ जनालाई १० बर्षको सजाय भएको छ ।

बोर्डका अनुसार कुवेतमा हाल ५८ जना जेलमा छन् । यसमध्ये ३ जना महिला छन् भनें ५५ पुरुष जना पुरुष हुन् । यसमध्ये तीनजनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । आजिवन कारावासको सजाय तोकिएका ९ जना छन् भनें १ जनालाई १५ बर्षको सजाय तोकिएको छ ।

यसैगरी ठूलो संख्यामा नेपाली कार्यरत अर्को खाडी मलुक साउदी अरेवियामा ५५ जना नेपाली जेलमा रहेको तथ्याँक बोर्डलाई प्राप्त भएको छ । दमाम र जेद्धाबाट प्राप्त विवरण अनुसार त्यहाँ ५५ जना नेपाली विभिन्न अभियोगमा थुनिएका छन् । यसमध्ये ५ जनालाई मृत्युदण्डको सजाय तोकिएको छ ।

कतारमा २८ जना नेपाली जेल परेका छन् । यसमध्ये ३ जनालाई आजीवन कारावासको सजाय भएको छ भनें १ जनालाई १५ बर्ष र ५ जना १० बर्षको जेल सजाय काटिरहेका छन् । ओमानमा भनें एकजना महिला र एकजना पुरुष गरी दुई जना जेलमा छन् ।

विभिन्न मुलुकमा जेल परेका मध्ये १६ जना आजीवन कारावासको सजाय भोगिरहेका छन् भनें २ जना १५ बर्ष भन्दा बढी जेल सजाय तोकिएका छन् । यसैगरी ३६ जनालाई १० बर्ष बढीको सजाय भएको छ । ४९ जनाको भनें सजाय नै तोकिन बाँकी रहेको बोर्डले जनाएको छ । गन्तव्य मुलुकका जेलमा रहेका नेपालीको कारावासको कारण पत्ता लगाउने र कानूनी प्रतिरक्षा गर्नुपर्ने अवस्था रहेको पाइएमा त्यसको लागि आवश्यक प्रकृया गर्न हाल तथ्याँकलाई अद्यावधिक गर्ने काम भइरहेको बोर्डले जनाएको छ ।

यो पनि पढ्नुहोस् निजी क्षेत्रका श्रमिकले पनि अव उपदान र पेन्सन पाउने, यस्तो छ प्रकृया

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: