नियत बाङ्गो भएकालाई सोझ्याउन अनलाईन प्रविधिः मन्त्री विष्ट

काठमाडौं, भदौ २५-

बैदेशिक रोजगारमा नियत बाङगो भएकाहरुलाई अनलाइन प्रणालीले सोझो बनाउने श्रम मन्त्री गोकर्ण विष्टले बताएका छन् । उनले विगतदेखि बैदेशिक रोजगारको क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि सरकारले प्रविधि मार्फत प्रयास गरेको बताए ।

श्रम मन्त्रालयले विभिन्न निकायहरुको तथ्याँकलाई समेत एकैठाउँमा ल्याउने गरी सुरु गरेको बैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणाली(एकिकृत) का बारेमा जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री विष्टले विगत चार पाँच महिनामा ठूलो मेहनत गरेर अनलाइन प्रणालीलाई अन्तिम रुप दिइएको बताए । सो अनलाइन प्रणाली आगामी असोज १५ देखि पूर्ण रुपमा लागु हुने मन्त्रालयले जानकारी दिएको छ ।  

मन्त्री विष्टले अनलाइन प्रणालीको कार्यान्वयनमा कुनै समस्या आएमा सरकारले सहयोग गर्ने भन्दै यसलाई नपढेका युवाले समेत चलाउन सक्ने खालको बनाउनु पर्ने धारणा राखे ।

सो अवसरमा बोल्दै अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अहिले विकास गरिएको अनलाइन प्रणालीले धेरै मद्धत गर्ने धारणा राखे । तर कुनै सिष्टम बनाएर मात्र नहुने भन्दै यसको व्यवहारिक अभ्यास महत्वपूर्ण हुने बताए । उनले मुलुक छोडेर जानेहरुको तथ्याँक र फर्किनेहरुको पनि तथ्याँक अव सहज रुपमा उपलव्ध हुने विचार राखे ।

बैदेशिक रोजगारमा अनलाइन प्रणाली कसलाई के फाइदा ? (हेर्नुहोस् ईन्फोग्राफिक्समा)

सो अवसरमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले अनलाइन प्रणालीलाई आफ्नो संघले स्वागत गर्ने भन्दै यसले व्यवसायी र विभागका कर्मचारीबीच भेटघाट गर्नु नपर्ने अवस्था ल्याओस् भन्ने धारणा राखे । उनले गन्तव्य मुलुकका रोजगारदाताहरुले सम्वन्धित मुलुकमा रहेको नेपाली नियोगसम्म मागपत्र प्रमाणिकरण गर्न आफैं धाउनुपर्ने अवस्थाले समस्या निम्त्याएको भन्दै त्यसलाई पनि सरल बनाउन सुझाव दिए ।

बैदेशिक रोजागर सम्वन्धि सेवा र सुचनालाई प्रविधिमैत्री ढंगले सहज र सुलभ बनाउन अनलाइन प्रणाली सुरु गरिएको मन्त्रालयले जनाएको छ । यसले बैदेशिक रोजगारको क्षेत्रमा पुर्याउने सेवा प्रवाहलाई छरितो, मितव्ययी, पारदर्शी र पहुँचयोग्य बनाउने अपेक्षा मन्त्रालयले गरेको छ । सो अनलाइन प्रणाली हाल परिक्षणका क्रममा रहेको र आगामी असोज १५ गतेदेखि व्यवहारमा आउने जनाइएको छ ।

यो पनि पढ्नुहोस् बैदेशिक रोजगारमा ठगिमा परेकाहरुले उजुरी दिएपछि अव विभाग धाइरहनु नपर्ने 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय