
काठमाडौं, भदौ २५-
बैदेशिक रोजगारका पीडितले अव आफ्नो उजुरी कहाँ पुग्यो र के हुँदैछ भन्ने जानकारी मोवाइलमै पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यससम्वन्धि मोवाइल एप बैदेशिक रोजगारी सञ्चालनमा ल्याउने भएपछि सो जानकारी अव अनलाइन मार्फत तै पीडितले पाउने भएका हुन् ।
मन्त्रालयले सुरु गर्न लागेको बैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणाली(एकिकृत) का बारेमा जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा यसका बारेमा जानकारी दिइयो । यो प्रणाली आगामी असोज १५ गतेदिने पूर्ण रुपमा लागु हुनेछ । मोवाइल एप भनें आजै देखि गुगल प्लेस्टोरमा उपलव्ध हुने जानकारी दिइएको छ ।
नियत बाङ्गो भएकालाई सोझ्याउन अनलाईन प्रविधिः मन्त्री विष्ट
कार्यक्रममा दिइएको जानकारी अनुसार अव देखि उजुरी गर्नेलाई एउटा कम्प्लेन नम्वर दिइने र सो नम्वरका आधारमा मोवाइल एप मार्फत नै आफ्नो उजुरी कहाँ पुग्यो र के प्रगति भएको छ भनेर पीडितले जानकारी पाउने छन् । यसले बारम्वार यसका बारेमा बुझ्न बैदेशिक रोजगार विभाग धाउनु पर्ने समस्याको अन्त्य हुने अपेक्षा गरिएको छ ।
मन्त्रालयले तयार पारेको सो अनलाइन सिष्टमलाई राहदानी विभाग, नेपाली दूतावासहरु तथा कुटनीतिक नियोगहरु, कन्सुलर सेवा विभाग र अध्यागमन विभागसँग जोडिएको छ । त्यसैले अव बैदेशिक रोजगारमा गएका र ति निकायहरुमा दर्ता भएका विवरण पनि यहि एउटै अनलाइन प्रणालीमा जोडिएको छ । यसले बैदेशिक रोजगारमा गएकाहरु तथा फर्केकाहरुको विवरण अनलाइनमा नै उपलव्ध हुनेछ ।
यो पनि पढ्नुहोस् बैदेशिक रोजगारमा अनलाइन प्रणाली कसलाई के फाइदा ? (हेर्नुहोस् ईन्फोग्राफिक्समा)