एक महिना भित्रै सातवटै प्रदेशबाट पूर्व श्रम स्वीकृति, विदेश जानेलाई सहज

काठमाडौं, भदौ २३-

सरकारले अबको एक महिनाभित्र सातै प्रदेशबाट पूर्वश्रम स्वीकृति दिने गरी तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अबदेखि श्रम स्वीकृतिका लागि केन्द्रमै आउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले यस्तो तयारी गरेको हो

मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश दाहालले सातै प्रदेशबाट पूर्वश्रम स्वीकृति दिनका लागि लगभग तयारी भएको अबको एक महिनामा सञ्चालन ल्याउने गरी काम भइरहेको जानकारी दिए उनले वैदेशिक रोजगारीका लागि विदेश जाने युवाले श्रम स्वीकृतिका लागि राजधानी आउनुपर्ने बाध्यता हटाउन प्रत्येक प्रदेशलाई लक्षित गरी यो प्रक्रियाको तयारी गरेको पनि जानकारी दिए  

अहिलेसम्म वैदेशिक रोजगारीका लागि जाने युवा श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालयमा आउन बाध्य छन् ती ठाउँमा यो सेवा सुरु भएसँगै ताहाचलमा हाल भएको भीडमा धेरै कमी आउँछ

उनले भने, श्रम स्वीकृतिका लागि आवश्यक पर्ने भौतिक संरचना, जनशक्ति तयार भइसकेको , बजेट छिट्टै स्वीकृत भएर आउँछ भन्ने बुझेका छौँ, अर्थ मन्त्रालयबाट बजेट स्वीकृति भएर आउनेबित्तिकै काम सुरु हुन्छ

प्रवक्ता दाहालले सात प्रदेशबाट श्रम स्वीकृति दिन थालेपछि अहिले ताहाचलमा भइरहेको भीड धेरै कम हुने विदेश जानेलाई पनि सहज हुने बताए श्रम मन्त्रालय अन्तर्गत रहेका ११ वटा श्रम कार्यालय रहेको तिनै कार्यालयमध्ये सात प्रदेशका कार्यालयबाट पूर्वश्रम स्वीकृतिको दिन्छौँ, उनले थपे दाहालका अनुसार सुरुमा प्रत्येक प्रदेशमा एकजना अधिकृतको नेतृत्वमा चार/पाँच जनाको टोली श्रम स्वीकृतिका पठाइने विस्तारै त्यहाँको कार्यालयमा विदेश जाने व्यक्तिको चाप हेरेर कर्मचारी थप गर्ने गरी तयारी गरिएको उनले पूर्वश्रम स्वीकृतिको जस्तो अन्तिम श्रम स्वीकृति प्रक्रियागत झन्झट नहुने विदेश उड्नेभन्दा एक दिनअघि मात्रै आए पनि जान सकिने बताए  

श्रम रोजगारमन्त्री गोकर्णराज विष्टले मन्त्रालय सम्हाल्ने बित्तिकै उपत्यकाबाहेकका तीन ठाउँमा श्रम स्वीकृति दिने कार्यालय खोल्ने घोषणा गरेका थिए तर सातै प्रदेशमा एकै पटक गर्ने भनेपछि तत्कालका लागि रोकिएको थियो गोरखापत्रबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय