
काठमाडौं, भदौ २२-
मेनपावर कम्पनीहरुले अव बैदेशिक रोजगारको प्रकृयामा राहदानी(पासपोर्ट) बुझाउनेहरुलाई सोको भपाई दिनुपर्ने भएको छ । यसैगरी त्यसरी संकलन गरिएका पासपोर्ट वाहकको नाम, नम्वर तथा कति समय राख्ने हो समय खुलाएर विवरण राख्नुपर्ने भएको छ ।
बैदेशिक रोजगार विभागले मेनपावर कम्पनीहरुलाई ११ बुँदे परिपत्र गर्दै बैदेशिक रोजगारमा देखिएको बेथिति अन्त्यका लागि यस्तो व्यवस्था गरिएको जनाएको छ । यसैगरी मेनपावर कम्पनी परिसरमा जोसुकैले आर्थिक कारोवार गरेमा पनि त्यसको जवाफदेही सम्वन्धित मेनपावर कम्पनी हुनुपर्ने व्यवस्था गरिएको छ ।
कुनै कम्पनीले श्रम स्वीकृति मात्र निकालिदिएको र अन्य कार्यको लागि आफू जवाफदेही नहुने भन्न नपाउने भन्दै अनुगमनका क्रममा कुनै त्यस्तो फेला परेमा कारवाही हुने पनि विभागले जनाएको छ । सवै मेनपावर कम्पनीहरुले अनिवार्य रुपमा वेभसाईट बनाउनु पर्ने र सो मार्फत सुचना अद्यावधिक गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
मुलुकमा कृयाशिल १ हजार भन्दा धेरै मेनपावर कम्पनीका कारण तिनिहरुको गतिविधिलाई सरकारले प्रभावकारी रुपमा अनुगमन गर्न सकिरहेको छैन ।
यो पनि पढ्नुहोस् कतारको पछिल्लो घोषणाले विदेशी श्रमिकलाई राहत, सहजै घर फर्किन पाउने अपेक्षा