हरेक दिन बढ्दैछ रियाल, रिंगिट, दिराम र दिनारको मूल्य, सवैभन्दा धेरै दिनारको मूल्य बढ्यो

काठमाडौं, भदौ २२-

अमेरिकी डलरको मूल्यमा आएको बृद्धिसँगै बहुसंख्यक नेपाली रोजगारीका लागि जाने मुलुकका मुद्राको पनि मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर ३१ रुपैंयाँ ५५ पैसा र विक्रि दर ३१ रुपैंयाँ ७१ पैसा छ । युएई दिरहमको खरिददर ३१ रुपैंयाँ २८ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ ४४ पैसा छ । साउदी रियालको खरिददर ३० रुपैंया ६३ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ७९ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ७२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८६ पैसा छ । लामो समयपछि रिंगिटको मूल्य २८ रुपैंयाँ तर्फ अग्रसर छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३७९ रुपैंया ३४ पैसा छ भनें विक्रि दर ३८१ रुपैंयाँ ३२ पैसा छ । बहराइन दिनारको खरिददर ३०४ रुपैंयाँ ६३  पैसा छ भनें विक्रि दर ३०६ रुपैंयाँ २४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस् ५० रिंगिट मात्र तलव बढाएर सरकारले धोका दियोः मलेसियन ट्रेड युनियन कँग्रेस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय