काठमाडौ, भदौ २२-
मलेसियन ट्रेड युनियन कँग्रेस (एमटीयूसी) ले मलेसियन सरकारले न्यून आम्दानी भएका श्रमिकलाई धोका दिएको बताएको छ । यसले अत्यन्तै न्यून तलव बृद्धि गरेर सरकारले यसअघिको चुनावी प्रतिवद्धता समेत तोडेको बताएको हो ।
एमटीयूसीका महासचिव जे सोलोमनले सरकारले कम आम्दानी भएका श्रमिकलाई न्याय नदिएको बताए । मलेसियाको ठूलो श्रमिक संगठन एमटीयूसीका महासचिव सोलोमनले मलेसियाको पछिल्लो आम निर्वाचनको अघिल्लो दिन आफूहरुले महाथीर मोहम्मदको दललाई सहयोग गर्ने घोषणा गरेका थिए । एमटीयूसीमा आवद्ध १ करोड ४० लाख श्रमिकले महाथिरको दललाई सहयोग गर्ने उनले घोषणा गरेका थिए ।
तर न्यून आम्दानी भएका श्रमिकमाथि गम्भीर धोका भएको सोलोमनले बताएका छन् । उनले कडा प्रेस विज्ञप्ती जारी गर्दै प्रति महिना ५० रिंगिट तलव बृद्धिको घोषणाको आलोचना गरेका हुन् । मलेसिया सरकारले आगामी जनवरी, २०१९ देखि प्रतिमहिना १ हजार ५० रिंगिट तथा प्रतिघण्टा ५ दशमलव ५ रिंगिट न्यूनतम तलव बनाउने घोषणा गरेको भोलीपल्ट सोलोमनको प्रेस विज्ञप्ती आएको हो ।
“झण्डै दुई बर्षपछि गरिएको न्यून तलव बृद्धिले हामीलाई दुखीत बनाएको छ” विज्ञप्तीमा भनिएको छ “यसले न्यून आम्दानी भएका श्रमिकलाई निराश बनाएको छ ।” यति न्यून तलवले मर्यादित कामको अपेक्षा गर्न सकिन्न सोलोमनले भनेका छन् यो प्रतिवद्धता विपरितको सरकारको निर्णय हो ।
उनले अघिल्लो सरकारले मलेसियन नागरिकलाई समान रुपमा अवसरको बाँडफाँड नगरेको र वर्तमान सरकारले पनि त्यसलाई नै निरन्तरता दिएकोमा दुःख व्यक्त गरेका छन् ।
यो पनि पढ्नुहोस् मलेसियामा न्यूनतम तलव बृद्धि, जनवरी देखि बढेको तलव लागु हुने
