खाडीमा बच्चा जन्माउन नेपाली महिला भाडामा प्रयोग हुँदै, १८ बर्ष मुनीकाहरु निशानामा

काठमाडौं, भदौै २१-

बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले जे भयो, भयोभनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित ।

मालिकले गर्भवती बनाए । छोरी जन्मियो । बच्चा जन्मिएपछि यही छोड्नु पर्छ भन्ने पूर्व सहमति थिएन । मालिकले यौन हिंसा गर्दा बच्चा जन्मिएको थियो । मालिकले छोरी छोड्नै पर्छ भन्ने कर गरेनन् । सोझी युवतीले पनि विदेशबाट बच्चा बोकेर फर्किदा मलाई गाउँमा के भन्लान् भन्ने फिक्रि गरिनन् ।

नौ महिना गर्भमा रहेको सन्तानलाई छोड्न कुन चाहि आमाको मनले मान्छ र ? अहिले उनी घरमै छिन् । खेती किसानी गर्छिन् । विदेशीछोरी हुर्किदै छिन् ।

यो त हिंसामा परेकी युवतीको कुरा भयो । तर, यतिबेला खाडीमा गएका कतिपय नेपाली महिलाले कोख भाडामा दिएर अरबीका लागि बच्चा जन्माइ फर्किने गरेको तथ्य बाहिर आएको छ ।

१२ औं मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा आयोजित जिल्लाको मानव बेचबिखनको अवस्था र चुनौतीविषयक अन्तरक्रियामा सरोकारवाला निकायले यस्तो तथ्य बाहिर ल्याएका हुन् ।

भारत तथा खाडीमा पैसा लिएर कोख भाडामा दिने गरेका घटनाहरु आएका छन्, मानव बेचबिखन तथा ओसारपसार विरुद्धको जिल्ला समितिका सदस्य एवं माइती नेपाल, नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइरालाले भनेनयाँ कुरा भएकाले हामीले यसलाई विशेष तरिकाले हेर्दै छौ ।उनले यस्तो गरेका महिला भेटिएपनि कुरा बाहिर ल्याउन नचाहेको बताए ।

खाडीमा हिंसामा परेर फर्किएकी बाँकेकी एक महिलाले पनि आफूले यस्तो कुरा उही सुनेको बताइन् । अरबीहरुले नेपाली महिलाबाट बच्चा जन्माउने गरेको मैले खाडीमै थाहा पाएको थिए, सात महिनामा ६ घर वटा फेर्दा पनि हिंसामा परेकी ती महिलाले भनिन्, बच्चा जन्माइदिंदा अरबीले राम्रै पैसा दिने गरेको दलालले सुनाएका थिए ।उनका अनुसार, कतिपय महिलाले भने हिंसामा परेर गर्भ बोक्छन् र फाल्छन् ।

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी एवं जिल्ला समितिका संयोजक मदन भुजेल, गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, प्रहरी प्रमुख तथा संघ संस्थाका प्रतिनिधिका बीचमा गर्भासयको कुरा आएपछि सबै झस्किए । कतिपयले पैसाका लागि खुशीले यस्तो गरिरहेको कोइरालाले बताए ।

पछिल्लो वर्षमा नेपालगञ्जलाई खाडीमुलुक जाने प्रमुख नाकाको रुपमा प्रयोग गर्ने गरिएको छ । भीडभाड हुने भएकाले दलालका लागि यो नाका उपयुक्त भएको पक्राउ परेकाहरु बताउँछन् । गतवर्ष यो नाकाबाट एक हजार ७ सय ८६ महिलालाई फिर्ता गरिएको छ । फिर्ता हुनेमा १८ वर्ष मुनिका ७ सय ७८ जना थिए । २५ प्रतिशत बाँकेका थिए ।

भारत तथा खाडीमा पुगेर सम्पर्कबिहीन भएकाको संख्या पनि वर्षेनी बढ्दै गएको छ । प्रहरी र संघ संस्थामा परेको निवेदनले यस्तो देखाएको छ । गतवर्ष एक हजार दुई सय ५ जनाको खोजतलासको निवेदन परेको थियो । निवेदन परेकामध्ये १८ वर्षमुनिका ६ सय ५७ जना छन् । खाडीमा १८ वर्षमुनिका किशोरीको माग बढिरहेको तथ्याङकले देखाएको छ । नेपाल समाचारपत्रबाट

यो पनि पढ्नुहोस् मलेसियामा न्यूनतम तलव बृद्धि, जनवरी देखि बढेको तलव लागु हुने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: