
काठमाडौं, भदौ २०-
मलेसियाले न्यूनतम तलव १ हजार ५० रिंगिट बनाउने घोषणा गरेको छ । यसैगरी प्रति घण्टा ५ दशमलव ५ रिंगिट तलव बृद्धि हुने र सो बृद्धि भएको तलव आगामी जनवरीदेखि लागु हुने जनाइएको छ ।
बुधवार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री कार्यालयले सन् २०१९ को जनवरी देखि लागु हुनेगरी न्यून मात्रामा तलव बृद्धि गरेको हो । यसअघि १५ सय रिंगिट न्यूनतम तलव बनाउने भन्दैै चुनाव जितेको वर्तमान सरकारले अत्यन्तै न्यून तलव बृद्धि गरेको हो । सन् २०१६ मा तलव बृद्धि भएपश्चातको यो तलव बृद्धि हो । सन् २०१६ देखि मलेसियामा दुई राज्य बाहेक अन्यमा १ हजार रिंगिट न्यूनतम तलव बनाइएको हो । आर्थिक अवस्थालाई ध्यानमा दिंदै अहिलेको तलव बृद्धि गरिएको विज्ञप्तीमा जनाइएको छ ।
यो पनि पढ्नुहोस् बढ्यो रियाल, दिरम, रिंगिट र दिनारको मूल्य, नेपाल पैसा पठाउँदा फाइदा