
काठमाडौं, भदौ २०-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर ३१ रुपैंयाँ ३७ पैसा र विक्रि दर ३१ रुपैंयाँ ५४ पैसा छ । युएई दिरहमको खरिददर ३१ रुपैंयाँ १० पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ २६ पैसा छ । साउदी रियालको खरिददर ३० रुपैंया ४६ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ६२ पैसा छ । अमेरिकी डलरको मूल्यमा आएको बृद्धिसँगै बहुसंख्यक नेपाली रोजगारीका लागि जाने मुलुकहरुको मुद्राको पनि मूल्य बढेको हो ।
मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ६० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७४ पैसा छ । रियाल, दिरामको मूल्यसँगै रिंगिटको मुल्यमा भनें केहि बृद्धि भएको हो । तर रियाल र दिरामको मूल्य भनें रिंगिटको तुलनामा धेरै बढेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३७६ रुपैंया ९५ पैसा छ भनें विक्रि दर ३७८ रुपैंयाँ ९३ पैसा छ । बहराइन दिनारको खरिददर ३०२ रुपैंयाँ ८९ पैसा छ भनें विक्रि दर ३०४ रुपैंयाँ ४८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् मलेसियामा कति बढ्ला न्यूनतम तलव ? दुईसाता भित्रै घोषणाको अपेक्षा