काठमाडौं, भदौ १९-
अमेरिकी डलरको मूल्यमा आएको बृद्धिसँगै बहुसंख्यक नेपाली रोजगारीका लागि जाने मुलुकका मुद्राको पनि मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर ३१ रुपैंयाँ २१ पैसा र विक्रि दर ३१ रुपैंयाँ ३८ पैसा छ । युएई दिरहमको खरिददर ३० रुपैंयाँ ९४ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ १० पैसा छ । साउदी रियालको खरिददर ३० रुपैंया ३० पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ४६ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ५२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ६७ पैसा छ । रियाल, दिरामको मूल्य निक्कै बढेपनि झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्यमा भनें थोरै मात्र बृद्धि भएको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३७५ रुपैंया १२ पैसा छ भनें विक्रि दर ३७७ रुपैंयाँ ११ पैसा छ । बहराइन दिनारको खरिददर ३०१ रुपैंयाँ ४० पैसा छ भनें विक्रि दर ३०२ रुपैंयाँ ९९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् मलेसियामा कति बढ्ला न्यूनतम तलव ? दुईसाता भित्रै घोषणाको अपेक्षा
