मलेसियामा कति बढ्ला न्यूनतम तलव ? दुईसाता भित्रै घोषणाको अपेक्षा

क्वालालम्पुर, भदौ १९-

मलेसियामा कार्यरत श्रमिकको न्यूनतम तलव बृद्धिको घोषणा कहिले हुन्छ भन्ने पर्खाईका बीच यो घोषणा दुई साताभित्रै हुने अपेक्षा गरिएको छ । मलेसियन ट्रेड युनियन कँग्रेस(एमटीयूसी) का महासचिव जे सोलोमनले अगष्ट महिना भित्रै नयाँ तलव घोषणाको अपेक्षा गरिएको भएपनि त्यो हुन नसकेको भन्दै एकदुई साताभित्रै सरकारले न्यूनतम तलव बृद्धिको घोषणा गर्ने बताएका छन् ।

महासचिव सोलोमनले ट्रेड युनियनका तर्फबाट न्यूनतम तलव १८ सय रिंगिट बनाउन प्रस्ताव गरिएको र घटीमा पनि १२ सयको आसपासमा न्यूनतम तलव तोकिने अपेक्षा प्रकट गरे । उनले नयाँ सरकार श्रमिकको न्यूनतम तलव बृद्धिका लागि गम्भीर रहेको भन्दै यसको सम्पूर्ण तयारी सकिएको र घोषणा हुन बाँकी रहेको आफूले जानकारी पाएका बताए ।

यसअघि निर्वाचनका समयमा वर्तमान सरकारमा आएको दलले श्रमिकको न्यूनतम तलव १५ सय रिंगिट बनाउने घोषणा गरेको थियो । सोही अनुरुप नयाँ सरकार गठन भएसँगै गत जुन महिनामा नै जेटीपीजीएन (मलेसियाको पारिश्रमिक निर्धारणका लागि सिफारिस गर्ने प्राविधिक कमिटी) ले आफ्नो सुझाव सरकारलाई दिइसकेको छ ।

चुनावी गठवन्धनले आफ्नो चुनावी घोषणा पत्रमा नै १ हजार ५ सय रिंगिट मासिक न्यूनतम तलव बाउने प्रतिवद्धता जनाएको भएपनि मानव संशाधन मन्त्री एम कुलासेगरनले सो सम्भव नभएको बताइसकेका छन् । उनले तत्काल १ हजार ५ सय बनाउन सम्भव नभएपनि न्यूनतम तलव बृद्धिका विषयमा सरकारले गृहकार्य गरिरहेको जनाएको स्थानीय सञ्चार माध्यमले लेखेका छन् ।

बृद्धि हुने न्यूनतम ज्याला मलेसियन नागरिकका लागि मात्र हुने वा विदेशी कामदारका लागि पनि हुने भन्ने अन्यौल भएपनि महासचिव सोलोमनले बृद्धि हुने तलव सवै देशका नागरिकले समान रुपमा प्राप्त गर्ने प्रष्ट्याएका छन् ।

हाल मलेसियामा सवाह र सार्वाकमा न्यूनतम तलव ९ सय २० रिंगिट छ भनें बाँकी भागमा न्यूनतम तलव १ हजार रिंगिट रहेको छ ।

यो पनि पढ्नुहोस् ४ लाख अवैधानिक विदेशी कामदार पक्राउ गर्ने मलेसियाको लक्ष्य, धेरै ठाउँमा प्रहरी परिचालन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: