४ लाख अवैधानिक विदेशी कामदार पक्राउ गर्ने मलेसियाको लक्ष्य, धेरै ठाउँमा प्रहरी परिचालन

क्वालालम्पुर, भदौ १८-

बुकित विन्ताङ, कोतराया, जालान पेतालिङ वा जालान सिलाङ अरु समयमा छुट्टीको समयमा विदेशी कामदारका घुमफिरका ठाउँ हुन् । तर यसपटक लामो छुट्टीका वावजुद ति ठाउँमा विदेशी कामदारको खास चहलपहल थिएन । कारण मलेसियाको अध्यागमन कार्यालयले अवैधानिक रुपमा बसिरहेका कामदार खोज्दै पक्राउ गर्ने अभियान सुरु भएपछि उनीहरु लुक्न थाले ।

प्रहरीले सेप्टेम्वर १ तारिख देखि खोजि र धरपकड सुरु गरेपछि अवैधानिक रुपमा बस्दै आएकाहरु सार्वजनिक ठाउँमा देखिन छोडेका छन् । कतिपय आफ्नै होष्टलमा बसिरहेका छन् भनें काम गर्ने ठाउँमा पनि उनीहरु राती नै पुग्न थालेका छन् ।

मलेसियाका अध्यागमन कार्यलयका महानिर्देशक फुस्तफार अलीले मलेसियालाई अवैधानिक कामदार मुक्त बनाउन खोजी तथा पक्राउ अभियान जारी रहने बताए । विभागका उपनिर्देशक सर्भन कुमारले अभियानका क्रममा कम्तीमा ४ लाख व्यक्ति पक्राउ गरेर स्वदेश फर्काइने तथा ४५ हजार रोजगारदातालाई पक्राउ गर्ने लक्ष्य राखिएको बताए । वालस्ट्रीट जर्नलका अनुसार खोजि र पक्राउ अभियान २०१८ को डिसेम्वरसम्म नै चल्ने अध्यागमन विभागले जनाएको छ ।

अगष्ट ३१ तारिखसम्म आफूखुशी स्वदेश फर्किन दिएको समयावधि सकिए लगत्तै अध्यागनले कडा अभियान सुरु गरेको हो । यसक्रममा गत शनिवार मात्र ५ सय अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदार पक्राउ परेको समाचार सार्वजनिक भएको थियो । मलेसियामा जम्मा ४० लाख विदेशी कामदार रहेको र त्यसमध्ये आधा अवैधानिक रुपमा बसिरहेको अनुमान गरिन्छ ।

यो पनि पढ्नुहोस् मलेसियामा ईल्लिगल बस्नेहरुको भागाभाग, ५ सय जना पक्राउ (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: