दुबईका एक नेता तथा समाजसेवी डमरुलाल प्रसाद चतुर्वेदी उपाध्यायको शुक्रबारे दैनिकी

मेघराज सापकोटा-

आज शुक्रवारको दिन बिहानै भालेको डाकसँगै उठें त्यसो युएईका भालेहरु अल्छी हुन्छन कि क्या हो ? बजेतिर मात्र बास्छन् यिनलाई पनि जुमारात लाग्दो हो, वाईन, ह्वीस्की, बियरको ट्वाकमा ग्रील चिकनको भोज चल्दो हो त्यसैले सधैं शुक्रबार ढिला बास्दा हुन्

आजको रुटिन के के ? मोबाईलको नोट पल्टाएँ आधुनिक जनता पार्टीको तीज कार्जेक्रमको निम्तो रहेछ गुमनाम शक्ति पार्टीको दर खुवाउने कार्जेक्रम गोडा दसेक जिल्ला समाजका तीजकै कार्जेक्रम खालकोट सहयोग समाजको सम्मान कार्जेक्रम कतारी गाउँपालिका समाजको स्मारिका बिमोचन कार्जेक्रम बिबी बिरहीको ग़ज़ल बाचन कार्जेक्रम मनमोहक समाजको बैठक अन्तर्राष्ट्रिय खुकुरी सञ्जालको शुभकामना आदानप्रदान कार्जेक्रम अर्को अन्तर्राष्ट्रिय गायक समाजको गठन तथा कार्जेसमिती बिस्तार अन्तर्राष्ट्रिय स्वतन्त्र मजदुर संगठन नेपालको क्षेत्रीय भेला ब्राह्मण समाज क्षेत्री समाजको चियापान कार्जेक्रम जनजातिका बिभिन्न संगठनको साँस्कृतिक कार्जेक्रम नेपालबाट बरिष्ठ कलाकारहरु आउँदैछन् सबैमा जानैपर्ने निम्तो मैले हुन्छ, आउँछु भन्देको छु

सबैका कार्जेक्रम जुधेका थिए समय पनि जुधेछ दिनको ठीक बजे बजे भने पनि सबै कार्यक्रम बजे शुरु हुने पक्का नेपालीहरुको कार्जेक्रम समयमै शुरु भएको रेकर्ड छैन नजुधोस पनि कसरी ? हप्तामा एउटा शुक्रबार, महिनामा शुक्रबार अनि बर्षमा यस्तै ५२ शुक्रबार कता जाउँ ? शुक्रबारबाहेक काम नगरे दाम पाइन्छ परिवारलाई माम मिल्छ

नगई पनि नहुने, सबैलाई मै नभर्ई नहुने मेरो पहुँच संलग्नताको कुरै नगर्नुस कहाँकहाँ कुन कुन समितिमा छु भनेर भन्दा पनि कुन कुनमा छैन भनेर खोज्नुस् आधुनिक जनता पार्टीको संस्थापक अध्यक्ष हुँ, जानै पर्यो गुमनाम शक्ति पार्टीको कार्जेक्रममा बिशेष अथिति जिल्ला समाजहरुको संरक्षक हुँ कतारी गाउँ पालिकाको सल्लाहकार बिबी बिरही मेरा नजिकका मित्र, उनको ग़ज़ल बहुत मन पर्छ मनमोहक समाज युएईको अध्यक्ष मेरै पार्टीका सदस्य हुन्, नगए रिसाउँछन् अन्तर्राष्ट्रिय खुकुरी सञ्जालको प्रमुख अतिथि, प्रमुख वक्ता। यस्तै यस्तै सबै समाजमा कहीँ कहीँ जोडिएको छु संरक्षक नभए सल्लाहकार केही संस्थाको परिकल्पनाकार आजीवन सदस्य पनि हु मेरो महत्व उपस्थितिलाई उच्च सम्मान दिएर फलानो जिल्ला समाजले मानार्थ सदस्यता समेत दिएको त्यो पनि नभए संस्थापक त्यो पनि नभए एउटै पार्टी, बिचार मिल्ने त्यो पनि नभए छिमेकी पार्टीको नाता, राजनीतिकर्मी नमिली सुख छैन नगए सबै रिसाउने

आयोजक सबैलाई भन्ने गर्छु, आए पछि तुरुन्त बोल्न दिनुस है उनीहरु हुन्छ भन्छन् मलाई नपर्खनुस है कति बेला आईपुग्छु भन्छु, हुन्छ भन्छन आयोजक सबै कार्जेक्रममा प्रायः ढिला पुग्छु जसै पुग्छु, आसन ग्रहण गर्छु खादा ब्याच लगाउँछु मञ्चमा आसिन हुन्छु दुई चार सय मान्छेतिर फर्केर गमक्क परेर बस्दा ठुलै मान्छे भएँछु कि जस्तो लाग्ने मलाई नलागेर के गर्नु ? नाम बोलाई दिनेले भएसम्मको अलंकार जोडेर ठुलै नेता महान समाजसेवी बनाईदिन्छन् पनि ठुलै भए झैं गरिदिन्छु

फलानो संगठनका अध्यक्ष, यसको संरक्षक, सल्लाहकार, संस्थापक, प्रमुख अतिथि, प्रखर वक्ता, दानविर व्याक्तित्व, कुशल नेता, शालिन ब्यक्तित्व, कोमल मनका धनी, स्पस्ट वक्ता, हाम्रा अभिभावक, समाजसेवी, तालपरे साहित्यकार, गजलप्रेमी श्री डमरुलाल प्रसाद चतुर्वेदी उपाध्याय मन फुलेर गमक्क भो कतिले अझै धेरै उपमा जोड्छन खुसीले गदगद

कार्जेक्रम आधाउधी हुँदा पुग्छु जसै आसन पदासन हुन्छ, उद्घोषकले उसैगरी मेरो नाम उच्चारण गर्छन अलंकारिक उपमा सहित अब मेरो बोल्ने पालो जुरुक्कु उठ्छु माईक समात्छु

फू……. फू ……….. हलो  

कार्जेक्रमका सभापति ज्यु,

अतिथी ज्युहरु, (चिने देखे सम्म सबै अतिथिहरुको नाम बक्छु)

नानाभाँती प्रसङ्ग जोड्छु कार्जेक्रमको प्रशंसा गर्छु संगठन सबैभन्दा उत्तम, ठुलो, राम्रो गतिलो हो भनिदिन्छु बर्षभरि नै सुतेर बसेर बल्लबल्ल यही कार्जेक्रम गरेको किन नहोस, सफल सक्षम संगठन भनिदिन्छु

ताली परर ……….. परर…………

(निकै राम्रो बोलेछु कि क्या हो)

अन्त्यमा सफलताको शुभकामना मेरो अरु कार्जेक्रममा पनि जानु पर्ने भएकोले आजलाई बिदा माग्छु धन्यबाद

माईक बिसाएर सरासर बाहिरिन खोज्छु कार्जेक्रमका सभापतिले उठेर हात मिलाई बिदा गरे। हलमा जम्मा भएका धेरैजसोले उभिएर ताली बजाए

मोबाईलको घड़ी हेरें, बजिसकेको थियो यो पाँचौ भाषण हो, अझै गोटा पाँच एक बाँकी नै छन् यसरी नै हरेक शुक्रबारको मेरो दैनिकी बित्छ

कहिलेकहीँ नेपालबाट नेता आईदिएर मेरो यो शुक्रबारे रुटिंन भताभुंग पारिदिन्छन उनीहरुसँग पनि सेल्फी खिच्नै पर्ने

हाम्रो बाध्यता कसले बुझ्ने ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय