विदेशमा नेपालीले विताएको जवानीको पनि हिसावकिताव गरिनु पर्छः मन्त्री विष्ट

काठमाडौं, भदौ ७-

श्रम मन्त्री गोकर्ण विष्टले संसारको जुनसुकै कुनामा पनि एउटा निर्दोष नेपालीले कानूनी प्रतिरक्षा नपाएर जेलमै बस्नुपर्ने अवस्था अन्त्य हुने बताएका छन । विदेशमा जेल परिसकेपछि व्यक्तिगत हिसावले मुद्धा लड्ने सम्भावना नरहने भन्दै त्यो अवस्थामा नेपाल सरकार अभिभावक भएर उभिने मन्त्री विष्टले प्रष्ट पारे ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता संसदिय समितिको छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री विष्टले कतिपय नेपाली यूवाले विभिन्न मुलुकमा विनाकारण जेल जीवन विताउनु परिरहेको भन्दै त्यस्ता नेपालीको उद्धार, सहयोगमा नेपाल सरकार प्रतिवद्ध रहेको बताए । उनले त्यसरी फसेका नेपालीको समस्या समाधान गर्न सरकारले पहल गर्ने भन्दै राज्य संरक्षकको भूमिका निर्वाह गर्न गम्भीरतापूर्वक लागेको बताए ।

उनले कोमामा रहेका नेपालीलाई स्वदेश फर्काउने सन्दर्भमा भइरहेको तयारीका बारेमा जानकारी दिंदै यसका लागि गठित कार्यदलको सिफरिस प्राप्त भएको र केहि सरकारी अस्पताल तथा मेडिकल कलेजमा उपचार व्यवस्था मिलाएर उनीहरुलाई नेपाल ल्याउने प्रकृया अगाडी बढाइने जानकारी गराए ।

छलफलमा साँसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालको युवा शक्तिले विभिन्न देशमा जवानी खर्च गरिरहेको र जवानी वितेपछि नेपाल फर्किने अवस्थामा नेपालीले बैदेशिक रोजगारका क्रममा चुकाइरहेको सामाजिक मूल्यको हिसाव खोजिनु पर्ने बताए । मन्त्री विष्टले सामाजिक मूल्यको मूल्याङ्कन गर्ने र गन्तव्य मुलुकलाई पनि यसमा सहमत गराउँदै अन्तराष्ट्रिय मञ्चहरुमा आवाज उठाउनु पर्ने धारणा राखे ।

भारत लगायतका मुलुको बाटो भएर ईराक तथा सिरिया गइरहेकाहरुलाई रोक्ने तर्फ गराइएको ध्यानाकर्षणमा मन्त्री विष्टले श्रम रोजगार मन्त्रालयको क्षेत्राधिकार श्रम स्वीकृति लिएर गएकाहरुमा मात्र पर्ने भएपनि यो विषयमा पनि आफूले गृह मन्त्रालयसँग गम्भीर छलफल गरेको र कार्ययोजना तयार पारेको बताए ।

नेपालमा नै रोजगारीका अवसर प्रसस्त रहेको भन्दै नेपालमा श्रमलाई सम्मान गर्ने परम्परा नभएकोमा भनें गुनासो गरे । यसका लागि सरकारले विशेष अभियान चलाउने उनको भनाई थियो ।

यो पनि पढ्नुहोस् उनलाई मलेसियामा कहिं देख्नु भएको छ की ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय