एनआरएनएको मध्यपुर्व भेलामा श्रम मन्त्री नआउने, मध्यपूर्वलाई सरकारले बेवास्ता गरेको गुनासो

रामप्रसाद ढुंगेल, युएई भदौ ५-

गैर आवासिय नेपाली संघ (एनआरएनए)। युएईले आगामी अगष्ट २३ देखि २५ सम्म आयोजना गरेको छैठौं मध्यपुर्व भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । भेलाको प्रमुख अतिथि नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री बिना मगर आउने निश्चित भएको एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार भेलामा श्रम मन्त्रालयका तर्फबाट उपसचिव विपिन आचार्य र पुर्व श्रममन्त्री रमेश लेखक पनि विशेष अतिथिका रूपमा आउने छन् ।

भेलामा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, सचिवालयबाट हेमन्तकुमार दवाडी, कानुनी सल्लाहकार स्वेच्छा घिमिरे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिपकुमार थापा पनि भेलामा अतिथिका रूपमा सहभागी हुने भएका छन् ।

हरेक दुईदुई वर्षमा आयोजना हुने यो भेलाको सफलताको लागि आइसीसी अध्यक्ष भवन भट्ट, उपाध्यक्ष, महासचिव लगायत एनआरएनका अधिक आईसीसी सदस्यहरु साथै फ्रान्स, इटली, अस्ट्रेलिया, हङकङ लगायत विस्वका विभिन्न देशहरूमा रहेका एनआरएनएका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी हुने बताइएको छ । 

भेलामा श्रममन्त्री गोकर्ण विष्टलाई ल्याउने प्रयास असफल भएकोमा अध्यक्ष श्रेष्ठले नेपाल सरकार मध्यपुर्वका समस्याहरुप्रति उदासीन रहेको भन्दै असन्तुष्टि प्रकट गरे । युएई लगायत मध्यपुर्वका नेपाली श्रमिकहरुका समस्या समाधानका लागि नेपाल सरकारको तर्फबाट कुनै तयारी नभएको र घरेलु कामदारको श्रम स्वीकृति, विभिन्न देशहरूसँग नेपाल सरकारले श्रम सम्झौताका लागि गृहकार्य नगरेका कारण एनआरएनएको भेलालाई बेवास्ता गरेको देखिएको श्रेष्ठको गुनासो छ 

भेलाले मध्यपुर्वमा रहेका नेपाली श्रमिकहरुका मुलभुत समस्याहरु पहिचान गर्दै समाधानका लागि नेपाल सरकारलाई दबाब सिर्जना गर्ने लक्ष्य लिएको एनआरएनएका मध्यपुर्व उपसंयोजक गोपाल कँडेलले जानकारी दिए । उनका अनुसार यो भेलाले घरेलु कामदारको रोकिएको श्रम स्वीकृति खुलाउन  सामुहिक दवाब दिनेछ । त्यसैगरी सस्तो लोकप्रियताको लागि अगाडी सारिएको फ्री भिसा फ्री टिकटबारे प्रष्ट धारणा सहित युएई घोषणा पत्र जारी हुने उनले बताए ।                 

भेलामा एनआरएनएका पञ्जीकृत सदस्यहरू मात्र उपस्थित रहने व्यवस्था भएता पनि एनआरएनएप्रति सकारात्मक र ईच्छुक संघसंस्थाका सदस्यहरूलाई सहभागी गराइने बताइएको छ । स्मरण रहोस् करिब तीन लाख नेपाली रहेको युएईमा एनआरएनएको सदस्यता लिएकाको संख्या करिव २५ सय मात्रै छ ।                         

मध्यपुर्वका १२ देशका एनआरएनए सामाजिक अभियन्ताको उपस्थित रहने तथा एनआरएनए आइसीसीबाट पनि उल्लेख्य सहभागीता रहने सो भेला युएईमा गर्न पाउनु आफ्नो राम्रो अवसर भएको भन्दै एनआरएनए युएईले यसलाई शान्त, सभ्य र भब्य रुपमा सम्पन्न गराउन युएईका नेपालीहरुलाई आग्रह गरेको छ 

यो पनि पढ्नुहोस् यस्ता गल्ती जसका आधारमा बिना सुचना कामबाट निकाल्न र उपदान नदिई स्वदेश पठाउन सक्छ कम्पनीले

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: