मृतक श्रमिकका सन्तानले निःशुल्क पढ्न पाउने

काठमाडौं, भदौ ४-

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) को पहलमा दुईजना मृतक श्रमिकका सन्तानलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । जिफन्ट प्रदेश नं ३ को पहलमा जिफन्ट आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अरनिको रुट ईकाइ कमिटीका सदस्यहरु सुस बहादुर खड्का र श्याम तमाङ्गका सन्तानका लागि सो व्यवस्था भएको हो । 

खड्का र तामाङ्गको गत साउन ९ गते रसुवाको टिम्वुरेमा पहिरोमा परी मृत्यु भएको थियो । आफ्ना सदस्य श्रमिकको मृत्यु पश्चात उनीहरुका सन्तानलाई उनीहरु पढिरहेकै विद्यालयमा निःशुल्क पढ्ने व्यवस्था भएको हो ।

सोमवार जिफन्ट प्रदेश नं ३ का अध्यक्ष रामहरि नेपाल, युनियनका अन्य सदस्यहरु, मृतकका आफन्त, जनप्रतिनिधिहरु र विद्यालय व्यवस्थापनबीच भएको छलफलमा सुस बहादुर खड्काका छोराहरु रिजन खड्का र रिवन खड्का तथा श्याम तामाङका छोराहरु स्यारोन तामाङ्ग र सोनाम तामाङ्गलाई निःशुल्क रुपमा पढाउन विद्यालयहरु सहमत भएका हुन् ।

प्रदेश कमिटी अध्यक्ष नेपालका अनुसार मिल्की वे बोर्डिङ स्कूलका प्रिन्सीपल राजेश घिमिरे तथा एम्बेस्डर बोर्डिङ स्कूलका प्रिन्सीपल मोहन मल्लले आफूहरुले सो घटनाका बारेमा यसअघि थाहा नपाएको भन्दै यसले आफूहरु पनि मर्माहत भएको र उनीहरुका सन्तानलाई विद्यालयले पढाउने तहसम्म निःशुल्क पढाउनु आफूहरुको दायित्व भएको बताएका थिए ।

यो पनि पढ्नुहोस् नेपालको धारणाः कामदार जाँदा लाग्ने खर्च रोजगारदाताले तिर्नुपर्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय