रियाल, दिराम, दिनारको मूल्य बढ्दा पनि किन बढेन रिंगिटको मूल्य ?

काठमाडौं, साउन ३१-

नेपाल राष्ट्र बैंकले विहिवारका लागि तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिद दर ३० रुपैंयाँ ६३ पैसा र विक्रि दर ३० रुपैंयाँ ८० पैसा छ । युएई दिरहमको खरिद दर ३० रुपैंयाँ ३७ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ५३ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया ४ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ९० पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ १८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ३३ पैसा छ । लामो समयसम्म २५ रुपैंयाको हाराहारीमा रहेको रिंगिट पछिल्लो चार पाँच महिनायता २७ रुपैंयाँको हाराहारीमा रहेपनि रियाल, दिराम लगायतको तुलनामा बढेको छैन । अमेरिकी डलरको तुलनामा कमजोर रहेको रिंगिटको मूल्यमा ठूलोे बृद्धि नहुँदा मलेसियामा कार्यरत नेपालीलाई भनें घाटा छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३६७ रुपैंया २७ पैसा छ भनें विक्रि दर ३६९ रुपैंयाँ २५ पैसा छ । बहराइन दिनारको खरिददर २९५ रुपैंयाँ ७४  पैसा छ भनें विक्रि दर २९७ रुपैंयाँ ३४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस् आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय