राजधानीको एक कन्सल्टेन्सीमा छापा मार्यो प्रहरी र विभागको टोलीले, धेरै रकम उठाएको आशंका

काठमाडौं, साउन ३०-

आकर्षक रोजगारीमा युरोपेली मुलुक पोल्याण्ड पठाउने भन्दै लाखौं रकम उठाएको आशंकामा राजधानीको एक कन्सल्टेन्सीमा प्रहरी सहितको टोलीले छापा मारेको छ । पुतलीसडक स्थीत पिपुल वर्क ग्रुप एफसी नामको सो कन्सल्टेन्सीमा छापा मारिएको हो । सो संस्थाले वर्क ईन युरोप भन्दै ठूलो बोर्ड राखेर नै रकम उठाइरहेको गुनासो पश्चात छापा मारिएको हो ।

यो समाचार तयार पार्दासम्म सो कन्सल्टेन्सीका कागजपत्र तथा कम्प्युटरहरु मार्फत सुचना संकलन गर्ने काम भइरहेको त्यहिं रहेका पत्रकार मनोज पराजुलीले बताएका छन् । उनका अनुसार बैदेशिक रोजगार विभाग तथा महानगरिय अपराध अनुसन्धान महाशाखाको टोलीले संयुक्त रुपमा छापा मारेका हुन् ।

अपडेट…………….. 

पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगि गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका छन् । टुरिष्ट भिषामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले पोल्याण्डमा कामदार भिषामा पठाउने भन्दै ठगि गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको विषयमा श्रम मन्त्रालयमै सुचना आएपछि वैदेशिक रोजगार विभाग र अपराध अनुसन्धान महाशाखाले छापा मारेको थियो ।  

पुतलीसडक स्थित शंकरदेव क्याम्पस अघि अफिस नै खोली उनीहरुले ठगि धन्दा चलाइरहेका थिए ।  पिपल फर वर्क नामको कम्पनी नै दर्ता गरि काम गरिरहेको पाइएको थियो । उनीहरुले फेसवुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा आफ्नो प्रचार गर्ने गरेका थिए । त्यसरी सम्पर्कमा आउने व्यक्तिलाई पोल्याण्डको कामदार भिषा उपलब्ध गराउने भन्दै शुरुमै २ लाख माग्ने गरेका थिए । अन्तिम अन्तर्वार्ताका लागि भारत जानुपर्ने र समग्रमा ७ लाखसम्म खर्च लाग्ने बताउने गरेको पिडितहरुले बताएका छन् । उनीहरुले कम्पनी रजिष्टार कार्यालयमा दर्ता गर्दा सफ्टवेयर तथा सुचना प्रविधीमा काम गर्ने उद्देश्य राखेका थिए । उनीहरुको पक्राउसँगै अफिसमा उपलब्ध सबै सामान प्रहरीले जफत गरि थप अनुसन्धान सुरु गरेकोे छ । 

यो पनि पढ्नुहोस् जव मलेसियाको संसदमै नेपाली कामदारको विषयमा बहस सुरु भयो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: