
काठमाडौं, साउन ३०-
नेपाली कामदार कसरी लैजाने भन्ने विषयमा मलेसियामा नेपाली दूतावासका उच्च पदस्थ कर्मचारी र मलेसियाली प्रतिनिधिबीच बुधवार छलफल भइरहेको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै श्रम मन्त्री गोकर्ण विष्टले यो जानकारी दिएका हुन् ।
मन्त्री विष्टले नेपालले राखेको पछिल्लो अडानका विषयमा केन्द्रीत रहेर छलफल भइरहेको साँसदहरुलाई जानकारी गराएका थिए । उनले मलेसिया र नेपालबीच औपचारिक तथा अनौपचारिक रुपमा छलफलहरु चलिरहेको भन्दै केहि दिनभित्रै अहिलेको विषयले निकास पाउने बताए । उनले मलेसियाल िपक्षबाट केहि सकारात्मक कुरा सुनेको भन्दै तर आफ्नो ध्यान आन्तरिक श्रम बजारमा रोजगारी बृद्धिमा केन्द्रीत रहेको बताए ।
मन्त्री विष्टले श्रमको सम्मानः हाम्रो अभियान भन्ने देशव्यापी अभियान सुरु गर्न लागिएको भन्दै यसले स्वदेशमा नै रोजगारीका लागि युवालाई अभिप्रेरित गर्ने बताए । उनले काम गर्ने बानीको विकास गर्न तथा काम नगरी बस्नेलाई लाज लाग्ने बनाउन मन्त्रालयको ध्यान केन्द्रीत रहेको जानकारी गराए ।
छलफलमा साँसदहरुले मलेसियाको रोजगारी तथा आन्तरिक श्रम बजारका विषयमा पछिल्लो समयमा भएका प्रगतिका विषयमा मन्त्रीसँग जिज्ञासा राखेका थिए ।
यो पनि पढ्नुहोस् जव मलेसियाको संसदमै नेपाली कामदारको विषयमा बहस सुरु भयो