नेपाली ठग्ने संस्थालाई मलेसिया सरकारले गर्यो निलम्वन

काठमाडौं, साउन २९-

मलेसिया सरकारले विदेशी कामदार ठग्ने कार्यमा संलग्न संस्था बेष्टिनेटलाई निलम्वन गरेको छ । नेपाली लगायतलाई विभिन्न वहानामा रकम उठाउँदै आएको सो संस्था मलेसिया सरकारले निलम्वन गरेको हो । सो संस्थाले विदेशी कामदार ठगेको निश्कर्ष सहित निलम्वन गरेको मलेसियाको चर्चित अनलाईन मलेसिया किनीले समाचार लेखेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै मलेशियाका मानव संसाधनमन्त्री एम. कुलासेगरनले वेष्टिनेटलाई निलम्बन गरेसँगै मलेशियामा कामदार ल्याउने विषयमा नेपाल सरकारसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने तयारी भइरहेको बताए । उनका अनुसार एमओयूको प्रस्ताव मलेसियाको मन्त्रीपरिषदमा जाँदैछ । नेपालसँगको सहमतिमै नयाँ प्रकृया अघि बढेको समेत उनले बताएका छन् । 

यो पनि पढ्नुहोस् नेपालसँग कामदार लिने विषयमा सरकारी तहमै सम्झौता गर्दैछौंः मलेसियाली प्रधानमन्त्री महाथिर 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय