पैसा नेपाल पठाउनेलाई फाइदा, बढ्यो रिंगिट, रियाल, दिराम, दिनारको मूल्य

काठमाडौं, साउन २९-

नेपालमा अमेरिकी डलरको भाउ आकाशिएको छ । डलरको मूल्य अहिलेसम्मकै धेरै हो । मंगलवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार १ अमेरिकी डलरको खरिददर १ सय ११ रुपैंयाँ ६० पैसा भएको छ ।

डलरको मूल्य आकाशिएपछि अन्य मुद्राको पनि मूल्य बढेको छ । मंगलवार कतारी रियालको खरिदर ३० रुपैंयाँ ६५ पैसा र विक्रि दर ३० रुपैंयाँ ८२ पैसा छ । युएई दिरहमको खरिददर ३० रुपैंयाँ ३८ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ५५ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया ७६ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ९२ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ २७ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९२ पैसा छ । रियाल, दिराम, रिंगिट सवैको मुल्यमा बृद्धि भएको छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३६७ रुपैंया ७७ पैसा छ भनें विक्रि दर ३६९ रुपैंयाँ ७५ पैसा छ । बहराइन दिनारको खरिददर २९५ रुपैंयाँ ८६  पैसा छ भनें विक्रि दर २९७ रुपैंयाँ ४५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस् मलेसियामा प्रहरीलाई घुस दिएको अभियोगमा दुई नेपालीलाई १० हजार रिंगिट जरिवाना, एक महिला जेल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय