मलेसियामा प्रहरीलाई घुस दिएको अभियोगमा दुई नेपालीलाई १० हजार रिंगिट जरिवाना, एक महिना जेल

 

क्वालालम्पुर, साउन २९-

प्रहरीलाई घुस दिएको अभियोगमा दुई नेपालीलाई एक महिनाको जेल सजाय र प्रतिव्यक्ति १० हजार रिंगिट जरिवाना भएको छ । एक प्रहरीलाई घुस दिएको अभियोगमा अदालतले उनीहरुलाई दोषि ठहर गरेको हो ।

सजाय हुनेमा ४० बर्षिय कन्हैया लाल दास र ३० बर्षिय सत्य नारायण चौधरी रहेको मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ । उनीहरुको सजाय जुलाई २४ देखि लागु भएको अदालतले ठहर गरेको छ ।

उनीहरु सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए । अवैधानिक रुपमा बसिरहेका उनीहरुले आफूलाई पक्राउ नगर्न भन्दै प्रतिव्यक्ति १ सय ५० रिंगिट प्रहरीलाई घुस खुवाउन खोजेको अभियाग लागेको थियो ।

यो पनि पढ्नुहोस् मृतकको क्षतिपूर्ति लिन समेत तिराइन्छ पैसा 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय