वर्तमान सरकारको नजरमा ५ महिनामा रोजगार क्षेत्रमा गरेको सुधारः बैंकबाट तलव देखि विदेशका जेलमा रहेकालाई वकिलको सुविधासम्म 

     

काठमाडौं, साउन २८-

सरकारले ५ महिनामा भएको उपलव्धी सार्वजनिक गरेको छ । वर्तमान सरकार गठन भएपश्चात प्राप्त उपलव्धीका बारेमा सरकारले सार्वजनिक जानकारी दिएको हो ।

श्रम क्षेत्रमा गरिएका कामका सन्दर्भमा सरकारले दक्षिण कोरिया, संयुक्त अरव इमिरेट्स्, कतार र जापानसँग श्रम सम्बन्धी समझदारी नविकरणको प्रक्रिया अगाडि बढाइएको कुरालाई समेटिएको छ । यसैगरी वैदेशिक रोजगारीका सिलसिलामा फौजदारी अभियोग लागि विभिन्न देशका जेलमा रहेका नेपालीहरुलाई कानुनी सहायता पु¥याउने उद्देश्यले कानूनी प्रतिरक्षा सम्बन्धी निर्देशिका २०७५ कार्यान्वयमा ल्याइएको उपलव्धीमा समावेश छ ।

यसैगरी वैदेशिक रोजगार विभागमा दैनिक उजुरी सुन्ने व्यवस्था सुरुवात हुनु, वैदेशिक रोजगारीमा ठगीको शिकार भएका वा शोषणमा परेका श्रमिकहरुलाई न्याय दिलाउने उद्देश्यले वैदेशिक रोजगार सम्बन्धि मागपत्र जाँच निर्देशिका २०७५ कार्यान्वयनमा ल्याउनुलाई वर्तमान सरकारले ५ महिनाको मह्त्वपूर्ण उपलव्धी भएको जनाएको छ ।

यसैगरी यसबीचमा मलेसियाको लेन्गेग घरफिर्ती केन्द्रबाट १० जना र बुटिक जलिल घरफिर्ती केन्द्रबाट ३० जना श्रमिकहरूको उद्धार गरिएको पनि सरकारले उपलव्धी भएको जनाएको छ ।

आन्तरिक श्रम बजारमा गरिएको सुधारका काम समेत सरकारको उपलव्धीमा समावेश छ । यस अन्तर्गत श्रमिकहरुको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत बृद्धि गरी साउन १ गतेबाट लागू गरिएको र दैनिक ज्यालामा समेत सञ्चय कोष र अन्य सामाजिक सुरक्षाको योगदान थप गरिएको विषयलाई सरकारले समेटेको छ ।

यसैगरी श्रमिकको पारिश्रमिक बैकिङ प्रणाली मार्फत भुक्तानी दिने निर्णय भई कार्यान्वयनमा ल्याइएको विषय पनि सरकारको उपलव्धीमा समेटिएको छ । दुई तिहाईको सरकारले आम नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको र विभिन्न प्रदेश सरकारले मनलाग्दी कर लिएको भन्दै वर्तमान सरकारको आलोचना चुलिंदै जान थालेको सन्दर्भमा सरकारले ५ महिने कार्यकालको उपलव्धी सार्वजनिक गरेको हो । 

यो पनि पढ्नुहोस् मृतकको क्षतिपूर्ति लिन समेत तिराइन्छ पैसा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: