
दमाम, साउन २८-
साउदी अरवमा चार महिनादेखि तलव समेत नपाएर अलपत्र परेका ७ जना नेपालीले उद्धारको अपिल गरेका छन् । उनीहरुले आफूहरुलाई कम्पनीले न तलव दिएको न त नेपाल फर्किन दिएको भन्दै उद्धार गरेर नेपाल फर्काईदिन आग्रह गरेका हुन् ।
९ महिना अगाडी नेपालको केएसए ईण्टरनेशनल ग्रुप तथा क्वेष्ट एसिया मार्फत साउदीको जुवेल आएका अर्काड ईञ्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनीमा कार्यरत उनीहरुले उद्धारका लागि जिफन्ट सहयोग समुह साउदी अरवमा निवेदन दिएका छन् । समुहका साउदी संयोजक राज तामाङका अनुसार यसरी निवेदन दिनेहरुमा दिपेश थिङ, ज्ञान बहादुर जिम्वा, ध्रुव राई, रामराज राईm कैलाश गुरुङ, जितेन्द्र धामी र हिरालाल नेपाली रहेका छन् ।
उनीहरुले आफूहरुले चार महिनादेखि तलव नपाएको, अकामा नबनाएको र स्वदेश फर्किन्छु भन्दा नदिएको बताएका छन् तामाङले भने । पीडितको उद्धारका लागि साउदीस्थीत नेपाली दूतावासलाई जानकारी गराइएको उनले बताए ।
यो पनि पढ्नुहोस् मृतकको क्षतिपूर्ति लिन समेत तिराइन्छ पैसा