खाडिबाट गीति सन्देशः श्रम खोल सरकार(भिडियो सहित)

 

नरेन सापकोटा, दुबई, साउन २७-

पत्रकार राजा बगरले आफ्नै तेजिला शब्दमा गोपाल भट्टाईसँगको संयुक्त प्रस्तुतिमा “श्रम खोल सरकार” भन्ने नौलो र पृथक गीत बजारमा ल्याएका छन। खाडि मुलुकमा घरेलु काममा सरकारले बन्द गरेको श्रम स्वीकृतको मारमा परेका हजारौं घरेलु श्रमिकको पीर मर्कालाई गीतमा समेटिएको छ ।

श्रमको बिषयलाई लिएर धेरै पटक कलम चलाई रहेका राजा बगरको यो गीतले खाडि मुलुकका हजारौं घरेलु कामदारहरुको संयुक्त आवाजलाई प्रतिनिधित्व गरेको छ।

सरकारले श्रम स्वीकृति बन्द गरेको भएपनि बिभिन्न चोर बाटो हुदै र नेपालकै विमानस्थलमा समेत सेटिङ गरेर दलालहरुले नेपाली महिलालाई पठाइरहेको गुनासो छ । तर त्यसरी आउनेहरु झन बढी समस्यामा पर्ने गरेका छन् । बिदेश पुगेर पनि कतिपय महिला पुरुषहरुको घरबार बिग्रेको र घर परिवारलाई बिर्सन हुदैन भन्ने सकारात्मक सन्देश पनि यो गीतले दिन खोजेको छ ।

गगन बिकको छायाकन र प्रकाश ढकालको निर्दैशकमा रहेको गीतमा लय दिपा गैरे र आवाजमा देवी र सुस्मिता घर्तिमगर, होमनाथ कुँवर, गोपाल भट्टराई रहेका छन । गीतको म्यूजिक भिडियोमा सानि र सुनिता पराजुली, बिष्णु भुसाल, रोजन र जीवन पाण्डेले अभिनय गरेका छन् । गीतमा मञ्जु कँडेल भट्टराईले विशेष सहयोग गरेकी छन् ।

लामो समयसम्म छोराछोरीबाट टाढा रहेका आमाहरुको आवाज र दिल्लि बम्बै श्रीलंका आदि देशहरुबाट मानवतस्करी बढिरहेको अवस्थामा सरकारलाई झक्झक्याउँदै मानवतस्करी बन्द होस र मर्यादित कानुन बनाएर नेपाल सरकारले दुखि र गरिब महिलाहरुले गरि खान पाउने अधिकारलाई हनन नगरी श्रम खुल्ला हुनु पर्छ भन्ने आवाज यो गीतले उठाएको छ ।

भिडियो हेर्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/kHjosIadejY” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय