मलेसियाले आउँदो हप्ता विदेशी कामदार सम्वन्धि नयाँ नीति ल्याउने

क्वालालम्पुर, साउन २६-

मलेसियाले आउँदो हप्ता विदेशी कामदार लिने सम्वन्धि नयाँ नीति ल्याउने भएको मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले आउँदो मंगलवार गृहमन्त्रीसँगको छलफल पश्चात नयाँ नीति घोषणा गरिने बताएका छन्

मलेसियाका स्थानीय सञ्चार माध्यमका अनुसार मन्त्री कुलासेगरनले हालको नीति अनुरुप कामदार लिंदा धेरै समस्या आएको विशेषगरी विचौलियका कारण समस्या सिर्जना भएको बताएका छन् यसले मलेसियाले विदेशी कामदार लिंदा सरकारी तहमै सम्झौता गरेर लिने(जीटूजी) मोडलमा जाने कुुरालाई संकेत गर्दछ यसअघि पनि मन्त्री कुलासेगरनले नेपालसँग सरकारी तहमै सम्झौता गरेर कामदार लिन सकिने बताइसकेका छन् नेपालले श्रमिकसँग धेरै रकम असुल्ने संस्थालाई अवैधानिक घोषणा गर्दै बन्द गरिदिएपछि मलेसियाको नयाँ सरकारले सरकारी तवरबाटै कामदार लिने प्रकृया अघि बढाइरहेको यस विषयमा मलेसियास्थीत नेपाली दूतावाससँग पनि दुईतीन चरणमा छलफल भइसकेको

“मंगलवार गृहमन्त्रीसँग यस विषयमा विस्तृतमा छलफल हुँदैछ” मन्त्री कुलासेगरनको भनाई उधृत गर्दै लेखिएको विदेशी कामदार लिने विषयमा एउटा व्यवस्थीत प्रणाली तयार हुँदैछ उनले भनेका छन् “यसले रोजगारदाताको आवश्यकता पनि पुरा गर्नेछ ।”

मानव संशाधन मन्त्रालयले यस बारेमा आफ्नो प्रस्ताव तयार परिसकेको भन्दै यसलाई अनुमोदन गर्ने जिम्मेवारी गृह मन्त्रालयको भएको बताए उनले कुनै पनि विदेशी कामदारलाई मलेसिया भित्रियाउनु अघि प्रत्यक्ष रुपमा कुराकानी गर्नुपर्ने आवश्यकता औंल्याए

विदेशमा हराएको छोरोको फोन पर्खिंदै बाबु आमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: