पाखोबारीबाटै राम्रो आम्दानी

काठमाडौं, साउन २६-

अलैँची खेतीतर्फ जिल्लाका किसानको आकर्षण बढ्दै गएको राम्रो आम्दानी हुन थालेपछि बाँझा रहेका पाखा पखेरोदेखि धान मकै फल्ने खेतबारीमा समेत कृषकले अलैँचीखेती गर्न थालेका छन्

पनौती नगरपालिका पर्खालचौरका विदुर सापकोटाले दुई वर्षदेखि अलैँची खेती सुरु गरेको बताए अरूले अलैँची खेती गरेर यसबाट राम्रो आम्दानी निकालेको देखेर नै खेती गर्न सुरुवात गरेको उनले बताए लामो समयदेखि साँढे दुई रोपनी क्षेत्रफलमा धान लगाउँदै आएका उनले अहिले त्यही जमिनमा अलैँची लगाएर मनग्य आम्दानी गरेको बताउँछन् पहिला यही जमिनमा धान लगाउँदा वार्षिक ४० देखि ५० हजार मात्र आम्दानी गरिन्थ्यो तर अहिले अलैँची लगाउँदा वार्षिक एक लाखदेखि डेढ लाखसम्मको आम्दानी भएको अरू बालीको तुलनामा अलैँचीमा बढी दुःख गर्नु नपर्ने आम्दानी राम्रो हुने भएपछि धेरै कृषकको रोजाईँ अलैँची हुने गरेको

त्यस्तै पनौती नगरपालिका रयालेका उपेन्द्र तिमिल्सनाले विगत १३ वर्षदेखि अलैँची खेती गर्दै आएका छन् उनले अलैँची बिरुवाको नर्सरी पनि सञ्चालन गरेका छन् उनी आफ्नो खेर गइरहेको पाखाबारी खेतबारीमा बगैँचा बनाएर वार्षिक पाँच लाख अलैँचीका बिरुवा उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छन् गाउँमै पहिलोपल्ट अलैँची खेती सुरुवात गरेका तिमल्सिना अहिले बाहिरी जिल्लामा समेत बिरुवा उत्पादन गरेर बिक्री वितरण गर्दै आएको बताउँछन् मैले सामान्य लगानीमा सुरु गरेको अलैँची खेती अहिले दस लाखदेखि १२ लाख रुपियाँसम्म आम्दानी लिन थालेको छु उनका अनुसार बगैँचामा उत्पादित अलैँचीका बिरुवा छिमेकी जिल्ला दोलखा, सिन्धुपाल्चोक, गोरखा, चितवन, नुवाकोटलगायतका जिल्लामा निर्यात हुने गरेका छन् गुणस्तरीय बिरुवा उत्पादन भएपछि अन्य जिल्लाको माग बढेको उनले बताए । 

मिहिनेत परिश्रम गर्ने हो भने अलैँची खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ खासै ठूलो लगानी नचाहिने खासै कुनै उत्पादन लिन नसकिने सेपिलो जमिनमा उत्पादन राम्रो हुने भएकाले धेरैको रोजाईँमा अलैँची खेती हुने गरेको तिमल्सिनाले बताए उनीहरू मात्र होइन जिल्लाका अधिकांश कृषक धान मकैले हरियो हुनुपर्ने खेतमा अहिले अलैँचीका हरिया बोट देखिन्छन् उनीहरू गुणस्तरीय अलैँची उत्पादन गर्नुका साथै अलैँचीमा नै आत्मनिर्भर हुनको लागि घामपानी नभनी खटिरहेका छन्

आम्दानी राम्रो भए पनि कृषकहरू यतिबेला समस्यामा छन् एकातिर अहिले अलैँचीको बजार भाउ राम्रो छैन भने अर्कोतिर गाउँमा कृषि प्राविधिक पुगेका छैनन् एक वर्ष यता गाउँमा एकपटक पनि कृषि प्राविधिक नपुगेको कृषकहरूको गुनासो हावापानीका हिसाबले अलैँची खेतीको लागि चिसो ओसिलो ठाउँ निकै राम्रो मानिन्छ काभ्रेको महेन्द्रज्योति, ¥याले, कुशादेवी, भूमिडाँडा, चलाल, बल्थली, महाँकालचौर, नयाँगाउँ, सिपाली, चौवास, दाप्चा, पोखरीचौरी, गैरीविसौना, च्याम्राङबेसी आदि स्थानमा अलैँची खेती हुँदै आएको

अलैँची खेतीमा सम्भावना बढेसँगै यस खेतीतर्फ किसानको आकर्षण बढेको जिल्लामा अलैँची खेतीले कुल क्षेत्रफल ११८ हेक्टर ओगटेको भए पनि उत्पादनशील ८१ हेक्टर क्षेत्रफलबाट वार्षिक ७२. मेट्रिकटन अलैँची उत्पादन हुने गरेको गोरखापत्रबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय