काठमाडौं, साउन २५-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर ३० रुपैंयाँ १० पैसा र विक्रि दर ३० रुपैंयाँ २६ पैसा छ । युएई दिरहमको खरिददर २९ रुपैंयाँ ८३ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ छ । साउदी रियालको खरिददर २९ रुपैंया २२ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३८ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ८९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४ पैसा छ । रियाल, दिरामको मूल्य बढेपनि झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि समययता स्थीर छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३६१ रुपैंया ८६ पैसा छ भनें विक्रि दर ३६३ रुपैंयाँ ८४ पैसा छ । बहराइन दिनारको खरिददर २९० रुपैंयाँ ४९ पैसा छ भनें विक्रि दर २९२ रुपैंयाँ ८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् कतार, मलेसिया र जापानमा सरकारी स्तरबाटै कामदार पठाउने तयारी
