कतार, मलेसिया र जापानमा सरकारी स्तरबाटै कामदार पठाउने तयारी

 

काठमाडौं, साउन २४-

कतार, मलेसिया लगायतका मुलुकमा सरकारी तहमै सम्झौता गरेर कामदार पठाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी अगाडी बढाएको छ । यस विषयमा श्रम मन्त्री गोकर्ण विष्टसँग कतारका राजदूतले एकचरण छलफल नै गरिसकेका छन् भनें जापानले पनि यसमा रुचि देखाएको छ ।

कामदार पठाउँदा हुने अत्यधिक ठगि रोक्न मन्त्रालयले यो प्रयास अगाडी बढाएको हो । यसमा गन्तव्य मुलुकहरुले समेत आफूलाई लाभ हुने देखेका छन् । सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिताको आयोजक मुलुक कतारले श्रमिक सम्वन्धि विवाद सकेसम्म कम होस् भन्ने मनसायले नै नेपालसँग सरकारी तहमै सम्झौता गरेर कामदार लैजाने रुचि देखाएको हो ।

विश्वकप प्रतियोगिताका लागि सुरक्षा गार्डमा नेपाली कामदार लैजाने विषयमा यसअघि नै मन्त्री विष्टसँग कतारका राजदूतले छलफल गरिसकेका छन् । अहिले त्यो भन्दा एक कदम अगाडी बढ्दै सम्पूर्ण क्षेत्रको काममा नेपाली कामदार सरकारी तहमै लैजान कतारले रुचि देखाएको मन्त्रालय श्रोतले बताएको छ । सो विषयमा मन्त्रालयमा छलफल भइरहेको श्रोतले बतायो ।

यसैगरी कामदार अभाव सुरु भएको जापानले समेत निःशुल्क रुपमा नेपाली कामदार लैजान चाहेको छ । यसमा दक्षिण कोरियाकै मोडल अपनाउने विषयमा मन्त्रालयमा एक चरण छलफल भएको छ । त्यसमा थप छलफल गर्न मन्त्रालयले जापानी पक्षको जवाफ पर्खिरहेको छ ।

यसैगरी पछिल्लो समयमा नेपाली कामदारमाथि चर्को आर्थिक शोषणको मुद्धा खेपेको मलेसियाले सरकारी तहमै सम्झौता गरेर कामदार लैजाने संकेत गरिसकेको छ । मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले दुई देशको सरकारी तहमै सम्झौता गरेर बिचौलिया हटाउनु नै उत्तम हुने यसअघि नै त्यहाँको संसदमा बताइसकेको छन् । यसका लागि मलेसियाको एक प्रतिनिधिमण्डल नेपाल आएर मन्त्री विष्टसँग छलफल गरेर फर्किएको छ । नेपालस्थीत मलेसियाली दूतावासलाई समेत संलग्न नगराइ भएको सो छलफलमा मलेसियाली पक्षले नेपालको धारणा मागेको थियो । 

मन्त्रालय श्रोतका अनुसार गत शुक्रवार मलेसियाली पक्षले क्वालालम्पुर स्थीत नेपाली दूतावासका अधिकारीसँग दुईवटा विकल्पमा छलफल गरेको थियो । सम्पूर्ण कामदार दुई देशका सरकारी तहमै सम्झौता गरेर आदानप्रदान गर्ने वा निश्चित कम्पनी मार्फत सो काम गर्ने । मन्त्री विष्टसँगको परामर्श पश्चात नेपालले पहिलो प्रस्तावलाई नै अगाडी बढाउन आग्रह गरेको छ । गत शुक्रवार नै मलेसियाको मन्त्रीपरिषद बैठकमा यसविषयमा छलफल हुने भनिएपनि यस बारेमा कुनै कुरा सार्वजनिक भएको छैन । 

“मन्त्रीज्यूले मलेसियाले द्धिपक्षिय सम्झौता नगर्ने मनसाय देखाएमा नेपाली नपठाउने अडान लिने देखिएको छ” श्रोतले भन्यो “अन्य मुलुकले नेपालसँग द्धिपक्षिय सम्झौताको प्रस्ताव गरेपछि उहाँ बढी नै विश्वस्त देखिनुभएको छ ।” 

यो पनि पढ्नुहोस् कि देशमै रोजगारी देउ, नत्र परिवार भेटेर पुनः विदेश आउन पाउँ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय